दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाक रिहा | Khabarhub Khabarhub

दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाक रिहा


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उपल्लो अदालतको आदेशपछि दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाक जमानतमा रिहा भएका छन् । राजधानी सिओलमा रहेको उच्च अदालतले ७७ वर्षीय लीको स्वास्थ्य अवस्था देखाउँदै जमानतमा रिहा गर्न आदेश दिएपछि ली बुधबार रिहा भएको दक्षिण कोरियाको योन्हाप समाचार संस्थाले जनाएको छ ।

भ्रष्टाचार तथा अकुत सम्पत्ति कमाएको अभियोगमा गत अक्टोबर महिनामा दक्षिण कोरियाली अदालतले लीलाई १५ वर्षको जेल सजाय सुनाएको थियो । उनीमाथि कर नतिरेको अभियोगमा जेल परेका दक्षिण कोरियाको सबैभन्दा ठूलो कम्पनी सामसुङका अध्यक्षलाई राष्ट्रपतीय माफी दिँदा घुस लिएको तथा करोडौँ डलर बराबरको कालो धन जम्मा पारेको अभियोग लागेको थियो ।

यद्यपि उनले आफू निर्दोष रहेको र राजनीतिक प्रतिशोध साँध्नका लागि आफूलाई जेल हालिएको बाकले दाबी गर्दै आएका छन् । पूर्व राष्ट्रपति लीले गत जनवरीमा डायबिटिज र सुताइमा समस्याका कारण आफ्नो स्वास्थ्य अवस्था ठिक नरहेको भन्दै आफूलाई जमानतमा रिहा गर्न अदालतमा रिट दायर गरेका थिए ।

ली सन् २००८ देखि सन् २०१३ सम्म दक्षिण कोरियाको राष्ट्रपति रहेका थिए । दक्षिण कोरियामा पूर्व राष्ट्रपतिहरु आपराधि अभियोगमा जेल पर्नु नौलो कुरा भने नरहेको बताइन्छ । दक्षिण कोरियाका हाल जीवित रहेका सबै ४ पूर्व राष्ट्रपतिहरु विरुद्ध आपराधिक अभियोग लागिसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ४१ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते