यौन प्रकरणमा एसएसपी राणामाथि छानबिन गर्न गृहको पत्र « Khabarhub

यौन प्रकरणमा एसएसपी राणामाथि छानबिन गर्न गृहको पत्र


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

यौन शोषणको आरोप लागेका राणा विरुद्ध आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयले पत्राचार गरेको हो ।

गृहले प्रहरी प्रधानकार्यालयलाई पठाएको पत्र मंगलबार नै प्राप्त भएको र यसको प्रकृया अघि बढाइएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

संघीय प्रहरी इकाइ धरानमा कार्यरत एएसपी राणामाथि धरानकी एक महिलाले यौन शोषण गरेको भन्दै उजुरी दिएकी थिइन ।

उजुरीमा ती महिलाले राणामाथि ‘यौन शोषण’ गरेको आरोप लगाएकी छिन्। कात्तिकको अन्तिम साता ती महिला उजुरी लिएर गृह मन्त्रालय पुगेपछि गृहले अनुसन्धानका लागि प्रहरी प्रधानकार्यालयलाई पत्राचार गरेको हो ।

बिगत लामै समय समयदेखि राणा र ती महिलाबीच चिनजान र सम्बन्ध भएपनि पछिल्लो समय उनीहरुबीच विवाद शुरु भएको पाइएको प्रहरीले जनाएको छ । राणा ३ महिनादेखि संघीय प्रहरी एकाइ धरानमा कार्यरत छन् । उनी धरान पोस्टिङ भएपछि सम्बन्धमा चिसोपना शुरु भएको र महिलाले उजुरी दिएको पाइएको प्रहरी अधिकारीको भनाइ छ ।

यता आरोपित राणाले भने घटनाबारे आफू अनविज्ञ रहेको भन्दै आफूमाथिको आरोप निराधार रहेको बताएका छन् । उनले अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन आफूले पनि सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ९ : १४ बजे

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक