देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड « Khabarhub

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शुक्रवार(आज) विहान प्रचण्ड र देउवाबीच करिब आधा घन्टा छलफल भएको हो ।

प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारको ‘वित्त सम्मेलनमा’ सहभागी हुन धनगढी जानु अघि प्रचण्ड देउवा निवास पुगेका थिए ।

प्रचण्ड र देउवाबीचको छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकका अनुसार दुई नेताले करिब आधा घन्टा छलफल गरेका थिए ।
यो भेट शिष्टाचार भेट भएको लेखकको भनाइ छ ।

‘नेकपाले प्रचण्डलाई पार्टी हेर्ने गरी जिम्मेवारी दिएपछि उहाँले सत्ता–प्रतिपक्षबीच शिष्टाचार निर्माणका लागि भेट गर्न चाहनुभएको जस्तो देखियो’ लेखकले भने ।

देउवाले पनि दाहाललाई पार्टीको कार्यकारी जिम्मा पाएकोमा बधाई दिएका थिए । देउवाले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे समेत प्रचण्डसँग जानकारी लिएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ११ : ०१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर