ग्लोबल आईएमई बन्यो नेपालकै सबैभन्दा ठूलो बैंक « Khabarhub

ग्लोबल आईएमई बन्यो नेपालकै सबैभन्दा ठूलो बैंक


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैंक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य बैकलाई गाभ्ने तथा प्राप्ति नीति ( बिग मर्जर) अन्तर्गत ती दुई ठूला बैक आजदेखि एकीकृत भएका हुन् ।

चालू आव २०७६/७७ को बजेटमा वित्तीय संस्थाको सवलीकरणका लागि एकीकरण तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।

अब ग्लोबल आइएमइ बैंक पूँजी, व्यवसाय, शाखा सञ्जाल समेतका दृष्टिकोणले नेपालको ठूलो बनेको छ । बैंकको चुक्ता पूँजी करीब १९ अर्ब, कूल निक्षेप दुई खर्ब १३ अर्बभन्दा बढी र कूल कर्जा एक खर्ब ९४ अर्ब पुगेको छ ।

सबै प्रदेश तथा ७७ वटै जिल्लामा ३०० भन्दाबढी शाखा र तीन हजार २५० भन्दाबढी कर्मचारी रहनुका साथै बैंकका २५९ एटिएम, २४३ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर एवं तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित जम्मा ८४० आउटलेटस् रहने छन् ।

बैंकको शुभारम्भ गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले मुलुकको अर्थतन्त्रको संरचनालाई परिवर्तन गर्न लागेको जानकारी दिँदै मर्जरले बित्तीय क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । उनले भने, “आगामी दिनमा पनि तपाईहरुको क्षमता र दक्षताको सदुपयोग गरेर अघि बढ्नुहोला । अल्पकालीन मात्र नभई मध्यकालीन र दीर्घकालीन लगानी थप आवश्यक छ ,”

अर्थमन्त्री डा खतिवडाले बैंकले ठूलो आकार ग्रहण गरिरहँदा मुलुकका ठूला परियोजनामा लगानी वृद्धि भई उद्योग, व्यवसायको पनि आकार बढ्ने चर्चा गर्दै यसले अर्थतन्त्रलाई चलायमान बनाउने र देशको समुन्नति हुने विश्वास व्यक्त गरे । उनले भने, “तीव्र आर्थिक वृद्धि भएका देशको सूचीमा नेपाल परेको छ । लगानीको वातावरण बनेको छ , ”

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पूँजी सञ्चयका हिसाबले बैंक ठूलो वित्तीय संस्था भएकाले उल्लेख गर्दै निक्षेपकर्ताको अपेक्षा पुरा गर्न ध्यान दिन आग्रह गरे । उनले भने ,“नेपाल राष्ट्र बैंकको नीतिको पालना गरी अन्य बैँक तथा वित्तीय क्षेत्र पनि मर्जरमा जानुपर्छ , यस क्षेत्रमा देखिएका जोखिम व्यवस्थापन गर्न ध्यान दिनु पर्छ ,”

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योगी पवन गोल्यान लगायतले दुवै बैंक मर्जर गरी एउटै संस्था हुँदा लगानी वृद्धि तथा रोजगारीका अवसरसमेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

ग्लोबल आइएमइ बैंकले यसअघि विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरिसकेको थियो । जनता बैंक नेपाल लिले आठ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर एवं प्राप्ति गरेका थियो ।

बैंकको घोषित नीतिअनुरुप खुद्रा तथा मझौला कर्जा बिस्तारमा विशेष महत्व दिनुका साथै नेपाल राष्ट्र बंैकको निर्देशनअनुरुप विपन्न क्षेत्र साथै तोकिएको उत्पादनशील क्षेत्रमा हुने कर्जा प्रवाहलाई प्राथमिकतामा राखिने बैंकले जनाएको छ ।

कर्जामा नीहित जोखिम न्यूनीकरणका लागि कर्जा मिश्रणमा विशेष ध्यान दिइने लक्ष्य राखेको बैंकले राखेको छ । साथै यसको पहिचानलाई अन्तरराष्ट्रियस्तरमा पुर्‍याउन प्राथमिकतामा राखेको बैकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ४ : ३० बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित