खबरहबकर्मी गुरागाईंलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण « Khabarhub

खबरहबकर्मी गुरागाईंलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि फ्रान्सेली राजदूत फ्रंस्वा जाविए लेजेले खबरहबकर्मी थानेश्वर गुरागाईंलाई ४ छुट्टा छुट्टै कीर्तिमानसँग सम्बन्धित गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।

खबरहबका विशेष संवाददाता गुरागाईंले गत साउनमा पेरिसस्थित आइफिल टावर अगाडि ४ वटा विश्व कीर्तिमान बनाएका थिए ।

नेपालस्थित फ्रेन्च दूतावासका उपप्रमुख अर्नौड च्याम्पीबाट गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संस्थागत सहभागिताको प्रमाण पत्र बुझ्दै खबरहबका प्रधान सम्पादक जीवराम भण्डारी

गुरागाईंले यसअघि आफ्नै नाममा गिनिज बुक अफ वल्ड रेकर्ड्समा कायम भएका ३ कीर्तिमान तोड्दै थप एकसहित ४ कीर्तिमान कायम गरेका थिए ।

गुरागाईंले लामो समयसम्म कुहिनामा बास्केटबल घुमाएर आफ्नै कीर्तिमान तोडेका थिए । यसअघि ११ सेकेण्डसम्म कुहिनामा बास्केटल घुमाएकोमा गत साउनमा उनले १३ दशमलब ९४ सकेण्डसम्म घुमाउँदै आफ्नै कीर्तिमान तोडेका थिए ।

गुरागाईंले एक मिनेटमा १५ पटक २८ सेन्टिमिटर परिधी भएको धातुको रिङ टाउकोबाट छिराएर खुट्टाबाट निकालेर दोस्रो कीर्तिमान राखेका थिए । अघिल्लो कीर्तिमानमा उनले १० पटक उक्त परिधीको धातुको रिङ टाउकोबाट छिराएर खुट्टाबाट निकाले थिए ।

यसैगरी, लामो समयसम्म टाउकोमा बास्केटबल घुमाएर आफ्नै अघिल्लो कीर्तिमान तोडेका थिए । यसपटक २६ सेकेण्डसम्म टाउकोमा बास्केटबल घुमाएका उनले यसअगाडि भने २३ सकेण्डसम्म घुमाएका थिए ।

गुरागाईंले अर्को एउटा नयाँ कीर्तिमान पनि बनाएका थिए । गुरागाईंले चिउँडोमा सबैभन्दा लामो समय ४ दशमलब १८ मिनेटसम्म कुर्सी अड्याएर नयाँ कीर्तिमान राखेका हुन् ।

शुक्रबार खबरहबले काठमाडौंमा आयोजना गरेको ‘सेलिब्रेसन अफ गिनिज वर्ल्ड रेकर्ड’ कार्यक्रममा राजदूत लेजेले गुरागाईंलाई ४ वटै विश्व कीर्तिमान राखिएका गिनिज बुक वर्ल्ड रेकर्डका प्रमाण पत्र गुरागाईंलाई हस्तान्तरण गरेका हुन् ।

राजदूत लेजेले गुरागाईंले हासिल गरेको विश्व कीर्तिमानमा आफूहरु पनि सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे ।

गिनिज वर्ल्ड रेकर्ड प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा नेपालस्थित फ्रेन्च दूतावासका उपप्रमुख अर्नौड च्याम्पी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिलगायत सहभागी थिए ।

कार्यक्रममा बोल्दै पेभेलियन मिडियाका अध्यक्ष नरेश श्रेष्ठले ४ वटा विश्व कीर्तिमान राखेकोमा गुरागाईंलाई बधाई ज्ञापन गरे । अध्यक्ष श्रेष्ठले आफ्नो विशेष प्रतिभामार्फत देश र संस्थाको गरिमा बढाएको भन्दै गुरागाईंप्रति आभार समेत व्यक्त गरे ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ८ : ३९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर