मलेसिया जाने नेपाली यु-१९ टोलीको बिदाई, पहिलो खेल सिंगापुरसँग खेल्ने « Khabarhub

मलेसिया जाने नेपाली यु-१९ टोलीको बिदाई, पहिलो खेल सिंगापुरसँग खेल्ने


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यु-१९ क्रिकेट विश्वकप एसिया छनोट २०१९ खेल्ने नेपाली युवा टोलीको बिदाई गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रम गरी मलेसिया जाने युवा टोलीको बिदाई गरिएको हो । राष्ट्रिय टोलीका भरपर्दा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको नेतृत्वमा टोली आज १ बजेर २५ मिनेटमा मलेसिया प्रस्थान गर्नेछ ।

मलेसियामा अप्रिल १० देखि १८ सम्म आयोजना हुने छनोट खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा यसअघि नै गरिसकिएको छ ।

१४ सदस्यीय टोलीमा कप्तान पौडेलसहित अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख र पवन शरार्फ रहेका छन् । यस्तै, प्रतिश जीसी, राशिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा र सुर्य तामाङ छन् ।

त्यस्तै, वैकल्पिक खेलाडीमा आकाश चन्द, लोकेश बहादुर बम, रवि कुमार शाह र शेर मल्ल छन् । टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् । टिम व्यवस्थापकमा रमन शिवाकोटी र फिजियोमा विक्रम न्यौपाने छन् ।

नेपालले छनोटको पहिलो खेल सिङ्गापुरसँग अप्रिल १२ मा खेल्ने तालिका छ भने दोस्रो खेल युएईसँग अप्रिल १३ मा खेल्नेछ ।

यस्तै, अप्रिल १५ मा तेस्रो खेल आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले चौथो खेलमा ओमानसँग अप्रिल १६ मा खेल्नेछ । त्यस्तै, प्रतियोगिताको अन्तिम खेल कुवेतसँग अप्रिल १८ मा खेल्नेछ । छनोटको विजेता टोलीले २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने यु—१९ विश्वकप खेल्नेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ११ : २७ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री