नयाँ पार्टीको नाम जुधेपछि बाबुराम र उपेन्द्रलाई तनाव ! « Khabarhub

नयाँ पार्टीको नाम जुधेपछि बाबुराम र उपेन्द्रलाई तनाव !


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीचको पार्टी एकीकरण घोषणा आज हुँदैछ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा विहान ११ः ४५ मा आयोजना हुने एक कार्यक्रमकाबीच दुई पार्टी बीचको एकीकरण घोषणा हुने कार्यक्रम सार्वजनिक भएको छ ।

शनिवार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले दुई पार्टीबीचको एकीकरणको सहमति पत्रमा हस्ताक्षर गरेका थिए । र, एकीकृत पार्टीको नाम समाजवादी पार्टी, नेपाल रहेन सहमति गरेका थिए ।
तर, एकीकृत पार्टीको नामले भने नयाँ पार्टीलाई समस्या पारेको छ ।

किनकी यो नामको पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको पाइएको छ ।

पार्टी एकीकरणको घोषणा हुनुभन्दा पहिला दुबै दलका प्रतिनिधि निर्वाचन आयोग पुगेर बुझ्दा समाजवादी पार्टी, नेपाल नाम गरेको दल पहिला देखि नै निर्वाचन आयोगमा दर्ता भएको फेला परेको हो ।

एकीकृत पार्टीको नाम जुधेका कारण अब पार्टीको नाम के राख्ने भन्ने विषयमा छलफल भइरहेको छ । दुई पार्टीबीचको सहमति अनुसार पार्टीको नाम भने समाजवादी पार्टी नै रहनेछ अब ‘नेपाल’ शब्दलाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको फोरमका नेता परशुराम बस्नेतले जानकारी दिए ।

‘नेपाल’ शब्दलाई पछाडि राख्ने सहमति दुई पार्टीका अध्यक्षबीच भएको थियो तर निर्वाचन आयोगमा यस्तो नाम पहिला नै भएपछि अब नेपाल कहाँ राख्ने वा नेपाल नै नराखी समाजवादी पार्टी मात्र राख्ने विषयमा नेताहरु छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ८ : ४६ बजे

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलबाट सुझाव माग 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का

स्थानीय निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा

इलाम- २ मा एमालेको गढ भत्काउने दाउमा कांग्रेस

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलामलाई यस पटक विशेष चासोसाथ