नयाँ पार्टीको नाम जुधेपछि बाबुराम र उपेन्द्रलाई तनाव ! « Khabarhub

नयाँ पार्टीको नाम जुधेपछि बाबुराम र उपेन्द्रलाई तनाव !


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीचको पार्टी एकीकरण घोषणा आज हुँदैछ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा विहान ११ः ४५ मा आयोजना हुने एक कार्यक्रमकाबीच दुई पार्टी बीचको एकीकरण घोषणा हुने कार्यक्रम सार्वजनिक भएको छ ।

शनिवार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले दुई पार्टीबीचको एकीकरणको सहमति पत्रमा हस्ताक्षर गरेका थिए । र, एकीकृत पार्टीको नाम समाजवादी पार्टी, नेपाल रहेन सहमति गरेका थिए ।
तर, एकीकृत पार्टीको नामले भने नयाँ पार्टीलाई समस्या पारेको छ ।

किनकी यो नामको पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको पाइएको छ ।

पार्टी एकीकरणको घोषणा हुनुभन्दा पहिला दुबै दलका प्रतिनिधि निर्वाचन आयोग पुगेर बुझ्दा समाजवादी पार्टी, नेपाल नाम गरेको दल पहिला देखि नै निर्वाचन आयोगमा दर्ता भएको फेला परेको हो ।

एकीकृत पार्टीको नाम जुधेका कारण अब पार्टीको नाम के राख्ने भन्ने विषयमा छलफल भइरहेको छ । दुई पार्टीबीचको सहमति अनुसार पार्टीको नाम भने समाजवादी पार्टी नै रहनेछ अब ‘नेपाल’ शब्दलाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको फोरमका नेता परशुराम बस्नेतले जानकारी दिए ।

‘नेपाल’ शब्दलाई पछाडि राख्ने सहमति दुई पार्टीका अध्यक्षबीच भएको थियो तर निर्वाचन आयोगमा यस्तो नाम पहिला नै भएपछि अब नेपाल कहाँ राख्ने वा नेपाल नै नराखी समाजवादी पार्टी मात्र राख्ने विषयमा नेताहरु छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ८ : ४६ बजे

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६