नीति तथा कार्यक्रमबारे संसदमा सत्तापक्ष र प्रतिपक्षीको आ–आफ्नै दाबी « Khabarhub

नीति तथा कार्यक्रमबारे संसदमा सत्तापक्ष र प्रतिपक्षीको आ–आफ्नै दाबी


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सोमबार पनि जारी छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि आ आफ्नो धारणा राखेका छन् । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्की ले सरकारको नीति तथा कार्यक्र सतही भाषण मात्रै भएको टिप्पणी गरे ।

उनले महत्वकांक्षी, अस्पष्ट, अमुर्त र काम भन्दा प्रचार र प्रोपोगण्डामा केन्द्रीत भएर भाषण र सतहीरुपमा नीति तथा कार्यक्रम आएको बताए । ठुलो ठुलो आयोजनाको कुरा गरेपनि त्यसको ठोस कार्यक्रम नभएको भन्दै उनले हचुवाको भरमा सरकारले नीति तथा कार्यक्रम ल्याएको दाबी गरे ।

सरकारले जनताको सरकार अर्थात् नेपालको सरकारलाई मेरो सरकार भन्न लगाएर राष्ट्रपतिलाई विवादमा तान्ने र गणतन्त्रलाई उपहास गर्ने काम गरेको आरोप उनको थियो । २ सय १८ बुँदामा आएको सरकारको नीति तथा कार्यक्रममा युरिनियम देखि रेलसम्मका छरपस्ट आयोजना घोषणा गरिएको बताए । उनले गत बर्षको १०३ बुँदे नीति तथा कार्यक्रममा प्रस्तुत भएको कार्यक्रम कति पुरा हुन सक्यो भन्ने विश्लेषण हुनुपर्ने तर्क गरे ।

सत्तारुढ दल नेकपाका सांसद कृष्णभक्त पोख्रेलले नीति तथा कार्यक्रम तिथी मिति सहित बस्तुनिष्ठ र बैज्ञानिक ढंगबाट ल्याईएको भन्दै सरकारको बचाउ गरे । राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने, संघीय संसद भवन निर्माण , सार्वजनिक जग्गा फिर्ता लगायतका अत्यन्तै राम्रा कार्यक्रम समयसिमा सहित आएको भन्दै उनले अब कार्यान्वयनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १२ : ०८ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा