नेपाली फिल्म नचल्नुमा हामी पनि दोषी हौँ – मिलन चाम्स « Khabarhub

नेपाली फिल्म नचल्नुमा हामी पनि दोषी हौँ – मिलन चाम्स


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला चलचित्र ‘वीर विक्रम २’ को टिम प्रचारमा व्यस्त छ । चलचित्रमा समावेश कलाकार तथा निर्माण टिम फिल्मको प्रचारमा व्यस्त छ । फिल्म आउँदो जेठ ३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

फिल्म ‘वीर विक्रम २’ का निर्देशक मिलन चाम्स सोमवार काठमाडौंमा एक कार्यक्रममा सिलसिलामा भेटिए । उक्त कार्यक्रममा उनी फिल्मका मुख्य कलाकार पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेन पनि उपस्थित थिए । फिल्मका निर्देशक चाम्सले यो चलचित्र आफ्नो फिल्म निर्देशनको इतिहासमै सबैभन्दा उत्कृष्ट फिल्म भएको दाबी गरे । साथै उनले अहिले नेपाली फिल्म क्षेत्रको अवस्था एकदमै खस्कँदो रहेको पनि स्वीकारे ।

पछिल्लो समय नेपाली चलचित्र हेर्ने दर्शक पातलिँदै गएको अवस्था रहिरहँदा निर्देशक चाम्सले यसको दोषी सबै फिल्मकर्मी भएको स्वीकारे । ‘नेपाली चलचित्रको अवस्था एकदमै खस्कँदो छ, यसको दोषी हामी मेकर पनि हौँ, पत्रकार पनि हुन्,’ चाम्सले भने ।

उनका अनुसार नेपालमा फिल्म राम्रो नबन्नु र बने पनि हल नपाउनुमा एउटा मात्र कारण छैन । वितरक तथा हलवालाले नेपाली फिल्मलाई सकभर पेल्ने चलन भएको चाम्सको भनाइ थियो । फिल्म क्षेत्रको अवस्था खस्कनुको कारण उनले फिल्मकर्मी र फिल्म पत्रकारिता गरिरहेका पत्रकार मात्र नभएको बताए ।

फिल्म नचल्नुमा उनले दर्शकलाई पनि आरोप लगाए । चाम्सले स्पष्ट पारे, ‘अहिले हामी सबै फिल्मकर्मी निराश छौँ भन्ने लाग्छ, भोलिका दिनमा चलचित्रको व्यापार राम्रो हुँदै गयो भने केही होला, नत्र यसै भन्न सकिन्न, दर्शकले पनि नेपाली चलचित्रलाई भन्दा हलिउड र बलिउडका चलचित्रलाई बढी चासो दिइरहनुभएको छ ।’

‘वीर विक्रम २’ मा मिलन चाम्सको निर्माण तथा निर्देशन छ । यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन,  बुद्धि तामाङ लगायतको कलाकारको शीर्ष भूमिका छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ४ : ४७ बजे

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा