३२ मेगापिक्सल सेल्फी क्यामेरा भएको ‘रेडमी वाई–३’ साढे १८ हजारमै | Khabarhub Khabarhub

३२ मेगापिक्सल सेल्फी क्यामेरा भएको ‘रेडमी वाई–३’ साढे १८ हजारमै


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा ३२ मेगापिक्सल सेल्फी क्यामेरा भएको फोन रिलिज भएको छ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शिओमीले ‘रेडमी वाई–३’ सार्वजनिक गरेको हो ।

फोनमा ३२ मेगापिक्सलको सेल्फी क्यामेरा छ भने भने १२ मेगापिक्सल तथा २ मेगापिक्सलका दुई रियर क्यामेरा छन् । यो फोनमा ४००० एमएएचको ब्याट्री जडान गरिएको छ ।

त्यस्तै एण्ड्रोइड पाई अपरेटिङ सिस्टममा चल्ने यो फोनमा अक्टाकोर १.८ गिगाहर्ज क्वाल्कम स्न्यापड्रेगन ६३२ प्रोसेसर उपलब्ध छ । नेपालमा यो फोन ३२ जीबी रोम र ३ जीबी ¥याम भएको स्मार्टफोनको नेपाली मूल्य १८ हजार ४ सय ९९ र तथा ६४ जीबी रोम र ४ जीबी  र्‍याम भएको स्मार्टफोनका मूल्य २१ हजार ४ सय ९९ तोकिएको छ ।

६.२६ इन्च एचडी नोच डिस्प्लेमा कर्निङ गोरिलाग्लास ५ रहेको यो फोनमा फिङ्गरप्रिन्ट सेन्सर तथा ३६० डिग्री फेस अनलकको पनि सुविधा छ ।  चीन, भारत तथा युरोपेली मुलुकमा यसअघि नै रिलिज गरिएपनि नेपालमा भने केही ढिला गरी रिलिज गरिएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ८ : ५५ बजे

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, मानव पाइला पुगेको ७१ वर्ष पूरा

काठमाडौं– आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सरकारले सर्वोच्च शिखर

मन्डेलासँगै गुमेको दक्षिण अफ्रिकी नागरिकको भरोसा

संसारका हरेक राजनीतिक परिवर्तन पक्कै केही आशा र अपेक्षाका साथ

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

चितवन– नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन्

शिक्षा र विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै