रोनाल्डोको ह्याट्रिकले पोर्चुगल फाइनलमा « Khabarhub

रोनाल्डोको ह्याट्रिकले पोर्चुगल फाइनलमा


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नेसन्स लिग फुटबलमा पोर्चुगल फाइनलमा प्रवेश गरेको छ ।  स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा स्विटजरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल उपाधि नजिक पुगेको हो ।

खेलको २५ औ मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै स्विटजरल्याण्ड खेलमा फर्किएको थियो । रिचार्डो रोड्रिग्वेजले स्विस टोलीका लागि गोल गरेका थिए । खेलको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे र पोर्चुगललाई प्रतियोगिताको फाईनल यात्रा तय गराए ।

८८ औ मिनेटमा बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले दोस्रो गोल गरेका थिए । ईटालियन क्लब युभेन्ट्सका स्टार रोनाल्डोले कर्नर पासको सदुपयोग गर्दै ९० औ मिनेटमा ह्याट्रिक पुरा गरे । पोर्चुगलले उपाधिका लागि बिहिबार हुने ईङ्ल्याण्ड र नेदरल्याण्डबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । फाईनल खेल आईतबार पोर्टोमा हुनेछ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ५ : ४१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार