मोदीको नेपाल नीतिबारे किन बढ्यो चीनमा चासो « Khabarhub

मोदीको नेपाल नीतिबारे किन बढ्यो चीनमा चासो


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतमा नरेन्द्र मोदीको दोस्रोपल्ट प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनले अवलम्बन गर्ने नेपाल नीतिबारे चीनमा बहस सुरु भएको छ। अन्तर्राष्ट्रिय फोरममा त्रिपक्षीय सहकार्यका सम्बन्धमा बहस उठिरहेका बेला भारत–नेपाल सम्बन्धबारे चीनमा चासो हुनु स्वाभाविक रहेको विश्लेषकहरू बताउँछन्।

नेपालको कूटनीति दल विशेषका सरकारमा निर्धारण हुँदै आएको छ। त्यसैले नेपालमा दुवै छिमेकीको बढी चासो रहन्छ। भूराजनीतिक अध्येताहरू यस्तो चासोलाई सामान्य मान्छन्। मोदीले जेठ १६ मा बिमस्टेक सदस्य मुलुकका राष्ट्र÷सरकार प्रमुखलाई साक्षी राखेर दोस्रो कार्याकालको शपथ लिए। शपथ ग्रहणमा निम्त्याइएका प्रधानमन्त्री केपी ओलीको भारत यात्रालाई चिनियाँ विश्लेषकले विशेष रूपमा नियालेका छन्। मोदीको शपथपछि भारतको ‘लुक इस्ट’ अब ‘एक्ट इस्ट’मा परिवर्तन हुने बुझाइ उनीहरूको छ।

मोदीको अघिल्लो कार्यकालमा नेपाल–भारत सम्बन्ध उतारचढावपूर्ण रह्यो। प्रधानमन्त्रीका रूपमा ०७१ सालमा नेपाल भ्रमण गर्दा मोदीले संसद्मा केही वाक्य नेपालीमा बोले। नेपाल गौतम बुद्धको जन्मभूमि भएको स्वीकारेर नेपालीको मन जिते। यिनै मोदीले भूकम्पले थिलोथिलो बनाएको बेला संविधान घोषणाको विषयलाई ‘इगो’ का रूपमा लिँदै अघोषित नाकाबन्दी लगाएर भूपरिवेष्टित राष्ट्रको अधिकारको धज्जी उडाए। उक्त प्रहार नेपालीले अझै बिर्सन सकेका छैनन्। यिनै व्यक्ति फेरि भारतका प्रधानमन्त्री बनेपछि आमनेपालीमा चासो बढेको अन्नपूर्ण पोस्टमा खबर छ।

मोदीको विश्वास पात्र पूर्वविदेश सचिव एस जयशंकर विदेशमन्त्री बनेपछि त नेपाली भित्रभित्रै आक्रोशित छन्। किनकि उनको रिपोर्टिङका आधारमा भारतले नाकाबन्दी लगाएको थियो। नाकाबन्दीपछि चिसिएको सम्बन्धलाई सन् २०१८ मा मोदीले नेपालको सांस्कृतिक तथा धार्मिक भ्रमण गरी सुल्झाउन खोजे। उनी नेपालमा भएको बिमस्टेक सम्मेलनमा पनि सहभागी भए। मोदीको प्रयासले चिसिएको सम्बन्ध सुदृढ हुने ढोका खुल्यो।

नवनियुक्त विदेशमन्त्री जयशंकरको चीनसँग राम्रो सम्बन्ध छ। दोक्लाम प्रकरण उनकै अगुवाइमा समाधान गएको थियो। चिनियाँ विश्लेषकहरू भन्छन्, ‘सोही कारण चीनले जयशंकरलाई स्वागत गरेको छ। दोक्लाम प्रकरणपछि चीन र भारतको चिसिएको सम्बन्ध फेरि नजिक आएको छ।’

ड्रागन र हात्ती २१औं शताब्दीका उदाउँदो चीन र भारतबीचको तुलनात्मक अध्ययन’ पुस्तकका लेखक प्रोफेसर वाङ दह्वाले गोवा ब्रिक्स सम्मेलनमा भारतले बिमस्टेक सदस्य राष्ट्र नेपाललाई निम्त्याएको स्मरण गरे। उनका अनुसार निकट भविष्य (जुन १३–१४) मा आयोजना हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) सम्मेलन चीन, भारत, पाकिस्तान, नेपाललगायत छिमेकी राष्ट्रका लागि कूटनीतिक अवसर हो। आठ सदस्यीय एससीओमा भारत र पाकिस्तान नयाँ सदस्य हुन् भने नेपाल साझेदार हो।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : २८ बजे

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

काठमाडौं – करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

कायरो – सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी