मोदीको नेपाल नीतिबारे किन बढ्यो चीनमा चासो | Khabarhub Khabarhub

मोदीको नेपाल नीतिबारे किन बढ्यो चीनमा चासो


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतमा नरेन्द्र मोदीको दोस्रोपल्ट प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनले अवलम्बन गर्ने नेपाल नीतिबारे चीनमा बहस सुरु भएको छ। अन्तर्राष्ट्रिय फोरममा त्रिपक्षीय सहकार्यका सम्बन्धमा बहस उठिरहेका बेला भारत–नेपाल सम्बन्धबारे चीनमा चासो हुनु स्वाभाविक रहेको विश्लेषकहरू बताउँछन्।

नेपालको कूटनीति दल विशेषका सरकारमा निर्धारण हुँदै आएको छ। त्यसैले नेपालमा दुवै छिमेकीको बढी चासो रहन्छ। भूराजनीतिक अध्येताहरू यस्तो चासोलाई सामान्य मान्छन्। मोदीले जेठ १६ मा बिमस्टेक सदस्य मुलुकका राष्ट्र÷सरकार प्रमुखलाई साक्षी राखेर दोस्रो कार्याकालको शपथ लिए। शपथ ग्रहणमा निम्त्याइएका प्रधानमन्त्री केपी ओलीको भारत यात्रालाई चिनियाँ विश्लेषकले विशेष रूपमा नियालेका छन्। मोदीको शपथपछि भारतको ‘लुक इस्ट’ अब ‘एक्ट इस्ट’मा परिवर्तन हुने बुझाइ उनीहरूको छ।

मोदीको अघिल्लो कार्यकालमा नेपाल–भारत सम्बन्ध उतारचढावपूर्ण रह्यो। प्रधानमन्त्रीका रूपमा ०७१ सालमा नेपाल भ्रमण गर्दा मोदीले संसद्मा केही वाक्य नेपालीमा बोले। नेपाल गौतम बुद्धको जन्मभूमि भएको स्वीकारेर नेपालीको मन जिते। यिनै मोदीले भूकम्पले थिलोथिलो बनाएको बेला संविधान घोषणाको विषयलाई ‘इगो’ का रूपमा लिँदै अघोषित नाकाबन्दी लगाएर भूपरिवेष्टित राष्ट्रको अधिकारको धज्जी उडाए। उक्त प्रहार नेपालीले अझै बिर्सन सकेका छैनन्। यिनै व्यक्ति फेरि भारतका प्रधानमन्त्री बनेपछि आमनेपालीमा चासो बढेको अन्नपूर्ण पोस्टमा खबर छ।

मोदीको विश्वास पात्र पूर्वविदेश सचिव एस जयशंकर विदेशमन्त्री बनेपछि त नेपाली भित्रभित्रै आक्रोशित छन्। किनकि उनको रिपोर्टिङका आधारमा भारतले नाकाबन्दी लगाएको थियो। नाकाबन्दीपछि चिसिएको सम्बन्धलाई सन् २०१८ मा मोदीले नेपालको सांस्कृतिक तथा धार्मिक भ्रमण गरी सुल्झाउन खोजे। उनी नेपालमा भएको बिमस्टेक सम्मेलनमा पनि सहभागी भए। मोदीको प्रयासले चिसिएको सम्बन्ध सुदृढ हुने ढोका खुल्यो।

नवनियुक्त विदेशमन्त्री जयशंकरको चीनसँग राम्रो सम्बन्ध छ। दोक्लाम प्रकरण उनकै अगुवाइमा समाधान गएको थियो। चिनियाँ विश्लेषकहरू भन्छन्, ‘सोही कारण चीनले जयशंकरलाई स्वागत गरेको छ। दोक्लाम प्रकरणपछि चीन र भारतको चिसिएको सम्बन्ध फेरि नजिक आएको छ।’

ड्रागन र हात्ती २१औं शताब्दीका उदाउँदो चीन र भारतबीचको तुलनात्मक अध्ययन’ पुस्तकका लेखक प्रोफेसर वाङ दह्वाले गोवा ब्रिक्स सम्मेलनमा भारतले बिमस्टेक सदस्य राष्ट्र नेपाललाई निम्त्याएको स्मरण गरे। उनका अनुसार निकट भविष्य (जुन १३–१४) मा आयोजना हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) सम्मेलन चीन, भारत, पाकिस्तान, नेपाललगायत छिमेकी राष्ट्रका लागि कूटनीतिक अवसर हो। आठ सदस्यीय एससीओमा भारत र पाकिस्तान नयाँ सदस्य हुन् भने नेपाल साझेदार हो।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : २८ बजे

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक

विश्वकप लिग २ : क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार

नुवाकोट– ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा

लुम्बिनी प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न

पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण गरिँदै

तनहुँ– तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल