नेपालले ताईपेईसँग आज मैत्रीपूर्ण खेल खेल्दै | Khabarhub Khabarhub

नेपालले ताईपेईसँग आज मैत्रीपूर्ण खेल खेल्दै


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल अन्तरगत दोस्रो खेलमा आज (बिहीबार) नेपाली राष्ट्रिय फुटबल टोलीले चाईनिज ताईपेइसँग खेल्दैछ ।
खेल नेपाली समयानुसार अपरान्ह ४ बजेर ४५ मा शुरु हुनेछ । मैत्रीपूर्ण खेलका नेपाली टोली २ दिन अगाडि नै ताइपेइ पुगिसकेको छ ।

विश्वकप फुटबलको छनोट खेलको अभ्यास खेलका रुपमा नेपाली टोली मैत्रीपूर्ण खेलका लागि ताईपेइ पुगेको हो । यसअघि गएको आईतबार नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । उक्त खेलमा नेपाल २–० ले मलेसियासँग पराजित भएको थियो ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा स्वीडिस नागरीक योहान कालिन रहेका छन् । उनको नेतृत्वमा नेपालले यसअघि पनि कुवेतसँग मैत्रीपूर्ण खेल खेलिसकेको छ । फिफा वरियतामा नेपालभन्दा चाइनिज ताईपेइ निकै माथि रहेको छ । फिफा वरियतामा ताईपे १ सय २५ औँ स्थानमा रहँदा नेपाल १ सय ६१ औँ स्थानमा छ ।

बुधबार सञ्चारकर्मीहरुसँग बोल्दै कालिनले भनेका छन्, ‘हामीसँग बलियो युवा टोली छ । राम्रो सुरुवात गर्ने अपेक्षा गरेका छौँ । खेल निकै प्रतिस्पर्धात्मक हुने आशा छ । यो हाम्रो लागि निकै राम्रो अनुभव हुनेछ । अपेक्षा छ, हामी यसलाई पार गर्न सक्नेछौँ

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ११ : ४५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय