नेपालले ताईपेईसँग आज मैत्रीपूर्ण खेल खेल्दै « Khabarhub

नेपालले ताईपेईसँग आज मैत्रीपूर्ण खेल खेल्दै


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल अन्तरगत दोस्रो खेलमा आज (बिहीबार) नेपाली राष्ट्रिय फुटबल टोलीले चाईनिज ताईपेइसँग खेल्दैछ ।
खेल नेपाली समयानुसार अपरान्ह ४ बजेर ४५ मा शुरु हुनेछ । मैत्रीपूर्ण खेलका नेपाली टोली २ दिन अगाडि नै ताइपेइ पुगिसकेको छ ।

विश्वकप फुटबलको छनोट खेलको अभ्यास खेलका रुपमा नेपाली टोली मैत्रीपूर्ण खेलका लागि ताईपेइ पुगेको हो । यसअघि गएको आईतबार नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । उक्त खेलमा नेपाल २–० ले मलेसियासँग पराजित भएको थियो ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा स्वीडिस नागरीक योहान कालिन रहेका छन् । उनको नेतृत्वमा नेपालले यसअघि पनि कुवेतसँग मैत्रीपूर्ण खेल खेलिसकेको छ । फिफा वरियतामा नेपालभन्दा चाइनिज ताईपेइ निकै माथि रहेको छ । फिफा वरियतामा ताईपे १ सय २५ औँ स्थानमा रहँदा नेपाल १ सय ६१ औँ स्थानमा छ ।

बुधबार सञ्चारकर्मीहरुसँग बोल्दै कालिनले भनेका छन्, ‘हामीसँग बलियो युवा टोली छ । राम्रो सुरुवात गर्ने अपेक्षा गरेका छौँ । खेल निकै प्रतिस्पर्धात्मक हुने आशा छ । यो हाम्रो लागि निकै राम्रो अनुभव हुनेछ । अपेक्षा छ, हामी यसलाई पार गर्न सक्नेछौँ

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ११ : ४५ बजे

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट