असार नलाग्दै बागलुङमा रोपाइँको चटारो « Khabarhub

असार नलाग्दै बागलुङमा रोपाइँको चटारो


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- यतिबेला गलकोटका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । ‘प्रि–मनसुन’ सक्रिय हुँदा रोपाइँ छिटो शुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

दैनिक जसो वर्षा हुन थालेपछि रोपाइँ सहज भएको किसानले बताएका छन् । “धमाधम रोपाइँ चलेको छ, किसान व्यस्त छन्”, गलकोट नगरपालिका–७ का विनोद खड्काले भने ।

छिटो रोपाइँ हुनेमा जिल्लाको गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङ क्षेत्र पर्छ । गलकोटको मजुवा फाँट जिल्लाकै बढी धान उब्जाउ हुने ठाउँ हो । खोला आसपास र बाह्रैमास सिँचाइ पुग्ने खेतमा रोपाइँ छिटो हुने केन्द्रका कृषि प्रसार अधिकृत विनोद शर्माले बताए ।

“रोपाइँ हुने मुख्य महिना त असार नै हो”, उने भने,“गलकोटलगायतका केही ठाउँमा भने रोपाइँ शुरु भएको छ ।” गहुँ र धान बाली मात्रै लगाउने खेतमा पनि रोपाइँ छिटो हुने गर्छ । मकै बाली हुने खेतमा भने मकै झिकेपछि रोपाइँ शुरु हुन्छ ।

असार अन्तिममा मात्र रोपाइँको वास्तविक तथ्याङ्क आउने केन्द्रले जनाएको छ । जिल्लाभर करीब पाँच प्रतिशत खेतमा रोपाइँ भएको अनुमान गरिएको छ । असारभित्रमा अधिकांश क्षेत्रमा रोपाइँ सकिन्छ । आकाशे पानीमा भर पर्ने खेतमा पनि दैनिक जसो परेको वर्षाले किसानलाई राहत मिलेको छ । मनसुन जति छिटो सक्रिय हुन्छ उति नै छिटो रोपाइँ हुँदै जाने अधिकृत शर्माको भनाइ छ । नेपालमा मनसुन भित्रने दिन अङ्ग्रेजी मिति १० जुन हो ।

जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेग लगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । बागलुङमा कुल छ हजार १२२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये दुई हजार ६३५ हेक्टरमा उन्नत र तीन हजार ४८७ हेक्टरमा स्थानीय जातको धान खेती गरिएको छ । पछिल्लो समय धान उत्पादनमा वृद्धि ल्याउन उन्नत जातको खेतीतर्फ किसान आकर्षित छन् ।
जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ । केही स्थानीय जातका साथै उन्नततर्फ माछापुछ्रे, छुन्दुङ, हिमाली, सावित्री, जेठो बुढो, सुख्खा १, २, ३ लगायतका उन्नत धानको खेती हुँदै आएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ८ : ४८ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा