चट्याङ-हावाहुरीले डोटी र कैलालीमा १७ घाइते « Khabarhub

चट्याङ-हावाहुरीले डोटी र कैलालीमा १७ घाइते


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलाली र डोटीमा बिहिबार साझ परेको चट्याङ र हावाहुरीमा परी १७ जना घाइते भएका छन्। डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा चट्याङ लागेर ६ जना घाइते भएका छन्।

बिहीबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए। अहिले प्रहरी टोली घटनास्थल तर्फ गईरहेको उपरिक्षक माझीले बताए ।

कैलालीमा चलेको हावाहुरीले ११ घाईते भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ। तराईका जिल्लामा करिब एक घण्टासम्म चलेको भिषण हावाहुरीले थुप्रै घरको छाना उडाउनुका साथै ठाउ ठाउमा रुख ढलेर बाटो अबरुद्ध भएका छन् ।

कैलालीमा घाईते हुनेमा धनगढी उपमहानगर-१ का ३८ वर्षीय चन्द्रबहादुर पार्की, वडा नम्बर ३ का २८ वर्षीया खुमकुमारी अधिकारी, ४ का २१ वर्षीया मजु चौधरी, ४ कै २४ वर्षीय पदम बिक, ५ का २६ वर्षीय राजेन्द्र रोकाया, गोदावरीका १२ बर्षीय गौतम मल्ल छन् ।

मल्लबाहेक सबैको सेती अंचल अस्पतालमा उपचार भैरहेकोछ । मल्लको भने टाउकोमा चोट लागेकाले थप उपचारका लागि बाहिर पठाइएको छ । हावाहुरीका कारण ठुलो जनधनको क्षती हुनसक्ने अनुमान प्रहरीको छ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ९ : ५८ बजे

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख