चट्याङ-हावाहुरीले डोटी र कैलालीमा १७ घाइते « Khabarhub

चट्याङ-हावाहुरीले डोटी र कैलालीमा १७ घाइते


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलाली र डोटीमा बिहिबार साझ परेको चट्याङ र हावाहुरीमा परी १७ जना घाइते भएका छन्। डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा चट्याङ लागेर ६ जना घाइते भएका छन्।

बिहीबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए। अहिले प्रहरी टोली घटनास्थल तर्फ गईरहेको उपरिक्षक माझीले बताए ।

कैलालीमा चलेको हावाहुरीले ११ घाईते भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ। तराईका जिल्लामा करिब एक घण्टासम्म चलेको भिषण हावाहुरीले थुप्रै घरको छाना उडाउनुका साथै ठाउ ठाउमा रुख ढलेर बाटो अबरुद्ध भएका छन् ।

कैलालीमा घाईते हुनेमा धनगढी उपमहानगर-१ का ३८ वर्षीय चन्द्रबहादुर पार्की, वडा नम्बर ३ का २८ वर्षीया खुमकुमारी अधिकारी, ४ का २१ वर्षीया मजु चौधरी, ४ कै २४ वर्षीय पदम बिक, ५ का २६ वर्षीय राजेन्द्र रोकाया, गोदावरीका १२ बर्षीय गौतम मल्ल छन् ।

मल्लबाहेक सबैको सेती अंचल अस्पतालमा उपचार भैरहेकोछ । मल्लको भने टाउकोमा चोट लागेकाले थप उपचारका लागि बाहिर पठाइएको छ । हावाहुरीका कारण ठुलो जनधनको क्षती हुनसक्ने अनुमान प्रहरीको छ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ९ : ५८ बजे

रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुरा भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुरा भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी

जलविद्युत् आयोजनाको मारमा किसान : ‘हरियाली वनपाखा धुलाम्य भए’ 

म्याग्दी– धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी