कमरेडसँग डाक्टरको प्रगतिशील विवाह चर्चामा « Khabarhub

कमरेडसँग डाक्टरको प्रगतिशील विवाह चर्चामा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाको केन्द्रीय कार्याले परिसडाँडामा भएको एक जोडीको प्रगतिशील विवाह चर्चामा छ ।

सत्तारूढ नेकपा निकट अनेरास्ववियूका नेता नरेश रेग्मी र डा.क्षमता सुवेदीले नेकपाको केन्द्रीय कार्यालय पेरिसडांडामा प्रगतिशील विवाह गरेका हुन् ।

एउटा व्यानर टागिएको थियो जहाँ लेखिएको थियो- प्रगतिशील विवाह कार्यक्रम । एकतिर थियो, वर नरेश रेग्मी शर्माको तस्वीर त अर्को तिर थियो बधु क्षमता सुवेदीको तस्वीर ।

एकातिर कमरेड र अर्को तिर डाक्टर लेखिएको थियो । वर रेग्मी साविक माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव हुन् भने वधु सुवेदी क्रान्तिकारीकी समर्थक हुन् ।

विवाह समारोहको आयोजना अनेरास्ववियू केन्द्रीय कमिटीले गरेको हो । झापा दमककी सुवेदी र दाङ तुलसीपुरका रेग्मीलाई वधाई दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा , नेतृ पम्फा भुषाल, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल लगायतका नेताहरु उपस्थित भएका थिए ।

उपस्थित दर्शकले जोडदार ताली बजाए । वरवधु दुवैले एकअर्कालाई फूलको माला लगाए । विवाह सकियो । विवाहको फजुल खर्चवाट बचेको रकम वरवधुका आफन्तले सामाजिक कार्यका लागि खर्च गर्ने जनाएका छन् । उनीहरूले विभिन्न पाँचवटा सामाजिक तथा शैक्षिक संस्थालाई उक्त रकम हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

झापाको दमक वहुमुखी क्याम्पसका जेहेन्दार विद्यार्थीका लागि ५० हजार, झापाकै दमक अपाङ्ग सहयोग समितिलाई ५० हजार, झापाकै बालवृद्ध आश्रमका लागि ५० हजार, झापाकै माओवादी अध्ययन केन्द्रको पुस्तकालयलाई १० हजार बराबरका पुस्तक र पब्लिक लाइब्रेरीलाई १० हजार बराबरका पुस्तक दिने घोषणा वरवधुका आफन्तका तर्फबाट वेहुलीकी आमा राधिका ओझाले गरेकी छिन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ८ : १५ बजे

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा