एनसेलको लाभकरसम्बन्धी अर्को मुद्दाको फैसला सुनाउने मिति सर्‍यो « Khabarhub

एनसेलको लाभकरसम्बन्धी अर्को मुद्दाको फैसला सुनाउने मिति सर्‍यो


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिको लाभकर विवादसम्बन्धी प्रकरणको अर्को मुद्दाको फैसला सुनाउने मिति सारेको छ ।

रिटको क्षेत्राधिकारअन्तर्गत दर्ता भएको रिटमा मंगलबार निर्णय सुनाउने मिति तोकिएकोमा पुनः सारिएको हो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको बृहद पूर्ण इजलाशले टुंग्याइसकेको लाभकर सम्बन्धी विवादका सम्बन्धमा रिटको क्षेत्राधिकार प्रयोग गर्दै एनसेलले अर्को रिट दायर गरेको थियो ।

यसअघि सर्वोच्च अदालतले गरेको फैसलाअनुसार ठूला करदाता कार्यालयले तोकेको लाभकर छुट हुनुपर्ने दावी एनसेल प्रालिका तर्फबाट रमेश घिमिरेले गत वैशाख २५ गते सर्वोच्चमा रिद दायर गरेका थिए ।

एनसेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, पुष्पलता माथेमा र डा मनोजकुमार शर्माको वृहत पूर्ण इजलाशमा सुनुवाई भइरहेको छ ।

न्यायाधीश केसी नेतृत्वको असार २२ गतेको वृहत पूर्ण इजलाशले मंगलबारका लागि निर्णय सुनाउने मिति (निसु) तोकेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ५ : २७ बजे

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र