नागरिकता दिनेलाई खै कारबाही, बजारमा किनिएका त होइनन् : हृदयश त्रिपाठी « Khabarhub

नागरिकता दिनेलाई खै कारबाही, बजारमा किनिएका त होइनन् : हृदयश त्रिपाठी


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरित नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले हालै मन्त्रिपरिषद् बैठकले केही नागरिकता खारेज गर्ने निर्णय गरेको सन्र्दभमा उनले नागरिकता दिनेलाई पनि कारवाही गर्न माग गरे ।

उनले ‘नागरिकता पाउनेलाई मात्रै कारवाही गर्ने तर नागरिकता दिनेमाथि कारवाही किन भएन ?’ भनी प्रश्न गरे ।

उनले नागरिकता ऐन अनुसार गलत नागरिकता प्रदान गर्नेमाथि कारवाही भएको सुन्नमा नआएको भन्दै उनले ती अधिकारीलाई कारवाही गरेर सरकारले सदनलाई जानकारी गराउन माग गरे ।

उनले भने “नागरिकता त खारेज गरियो सभामुख महोदय, जसले दिएका छन् तिनमाथि कारवाही भयो कि भएन ? कति जनामाथि कारवाही भयो ? ती आफै कहीँ बजारबाट किनेका नागरिकता होइन होला । आफैले निर्माण गरेको आफैले हस्ताक्षर गरेको होइन होला । प्रमाणपत्र दिने अधिकारीहरु माथि के के कारवाही भयो त्यसको जानकारी सदनले पाउन पाए हामी अनुग्रृत हुन्थ्यौ होला ।”

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ३४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको