धरहरा बनाउने जिम्मा पाएको रमण कन्सट्रक्सन कालो सूचीमा « Khabarhub

धरहरा बनाउने जिम्मा पाएको रमण कन्सट्रक्सन कालो सूचीमा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धराहरा निर्माणको जिम्मा पाएको रमण कन्सट्रक्सन कालो सूचीमा परेको छ ।

सडक विभाग अन्तर्गतको हुलाकी सडक निर्देशनालयको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण कन्सट्रक्सनलाई खरिद कार्यमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राखेको हो ।

योसँगै कन्सट्रक्सनले आगामी दिनमा नयाँ ठेक्का सम्झौता गर्न नपाउने भएको छ ।

कन्सट्रक्सन कालो सूचीमा परे पनि धराहरा पुनःनिर्माणको कार्यमा भने कुनै असर नपर्ने प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

‘कालो सूचीमा पर्दैमा धराहरा निर्माणमै बाधापुग्ने भन्ने हुदैँन’ उनले भने, ‘काम निरन्तर भइरहेको छ र हुनेछ ।’

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ३९ बजे

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा