ऋण लिन कर कार्यालयमा बुझाएको विवरण अनिवार्य चाहिने « Khabarhub

ऋण लिन कर कार्यालयमा बुझाएको विवरण अनिवार्य चाहिने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकहरुबाट ऋण लिँदा कर कार्यालयमा बुझाएको विवरण पेश गरेपछि मात्रै पाइने भएको छ ।

नेपाल राष्ट्र बैकले ‘सर्कुलर’ जारी गर्दै कर कार्यालयमा बुझाएको विवरण पेस गरेपछि मात्रै ऋण दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले वित्तीय पारदर्शिताका लागि व्यवसायीहरुले कर प्रशासनमा पेस गरेको वित्तीय विवरण र बैंक तथा वित्तीय संस्थामा पेस गरेको वित्तीय विवरण एउटै हुनुपर्ने व्यवस्था गरेको छ ।

यदि त्यस्तो विवरण एउटै नभए बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्ने छैनन् ।

व्यवसायीहरु आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा समावेश गरिएको ऋण लिन चाहने व्यक्तिले भर्नुपर्ने वित्तीय विवरणसँग सम्बन्धित विवरणको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य रुपमा खुलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

व्यवसायीहरुले कर कार्यलयलाई र कर्जा लिनका लागि बैंकमा पेश गर्ने वित्तीय विवरण फरक भएपछि यसलाई एकरुपता ल्याउन यस्तो व्यवस्था गरेको हो ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ४८ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा