मनसुनी वायुले आकाश छोडेन, दशैंको टीकाको दिन पनि वर्षाको सम्भावना « Khabarhub

मनसुनी वायुले आकाश छोडेन, दशैंको टीकाको दिन पनि वर्षाको सम्भावना


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भुभागका थोरै स्थानहरुमा र पश्चिमी भुभागका एक दुइ स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

मनसुन लम्बिँदा यस वर्षको बडादशैं हिले दशैं हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन । मौसमविद समीर श्रेष्ठका अनुसार अघिल्लो न्यून चापीय वायु सकिएर घाम लाग्दा अब खुल्छ कि झैँ भएको थियो तर फेरि बादल लाग्न थालेको छ । यतिखेर मनसुनको न्यून चापीय रेखाका कारण नेपालको मौसममा प्रभाव परेको हो ।

केही दिनसम्म बदलीको अवस्था नै रहने अवस्था हुनेछ । बढीजसो यसपालिको वर्षाको प्रभाव प्रदेश ३ का साथै गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा कायम रहनेछ । मध्य र पश्चिमका केही भूभागमा भारी वर्षा पनि हुनसक्ने जनाइएको छ ।

असोजभरि नै बादल नेपालको आकाशमा देखिने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । यो मनसुनी वायु अन्त्यपछि भने पश्चिमी वायु बलियो हुँदै जानेछ भन्दै श्रेष्ठले पोस्ट मनसुनको यो अवस्थामा चिसो हावा चल्ने र आकाश खुल्ने वातावरणसँग हिउँद लाग्ने बताए ।

यतिबेला पश्चिमी वायुस्थिर रहेकाले पनि अन्यत्रको मनसुनी वायुको असर नेपालमा लामो समय कायम रहेको अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ ३ दिने मौसमको पूर्वानुमान

मौसम विश्लेषण

भारतको उत्तर प्रदेश तथा बिहार आसपास न्यून चापीय प्रणाली रहेको छ । यही न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले नेपालको पूर्वी र मध्य भु-भागमा वर्षा भईरहेको छ । साथै पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु-भागमा आंशिक देखी सामान्य बदली भएको छ।

देशभर समग्र मौसमको अवस्था

हाल देशभर आंशिक देखि सामान्य वदलिको अवस्था रहेको छ। देशको पूर्वि तथा मध्य क्षेत्रका थोरै भू भागमा मेघ गर्जन सहित हल्का वर्षा भइरहेको छ |

असोज १९ गते (आइतबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भुभागमा थोरै स्थानहरुमा र पश्चिमी भुभागका १ वा २ स्थानहरुमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भुभागमा थोरै स्थानहरुमा र पश्चिमी भुभागका १ वा २ स्थानहरुमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।

असोज २० गते (सोमबार)

दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका एक -दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २१ गते (मंगलबार) शुभ विजयादशमीको दिन

दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका एक -दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ७ : १६ बजे

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एमालेले भन्यो- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ

काठमाडौं– नेकपा एमालेका सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण