यसरी कसौडीमा बनाउन सकिन्छ खसीको स्वादिष्ट पक्कु « Khabarhub

यसरी कसौडीमा बनाउन सकिन्छ खसीको स्वादिष्ट पक्कु


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैंमा खसीको मासुका विभिन्न परिकार पकाइन्छ । यो समयमा सवैका घर–घरमा प्रशस्त मासु हुने भएकाले मासु बिग्रिने सम्भावना धेरै हुन्छ ।

फ्रिजमा नभएको अवस्थामा खसीको मासुलाई खानयोग्य हुने गरी धेरै दिनसम्म राख्नका लागि पक्कु बनाइन्छ । दशैंमा खसीको पक्कु बनाउने प्रचलन नेपाली समाजमा पुरानै हो ।

धेरै दिन पछिसम्म पनि खान योग्य हुने गरी पक्कु बनाउने तरिका नजान्दा मासु बिग्रिने खतरा रहन्छ । जसका लागि कुन कुन मसलाहरु कति मात्रा राख्ने र कति समयसम्म पकाएर राख्ने त्यसको जानकारी हुन जरुरी हुन्छ ।

धेरै दिनसम्म खान योग्य हुने गरी कसरी स्वादिलो खसीको पक्कु बनाउन सकिन्छ त ?
आवश्यक पर्ने सामग्री
काँचो धनियाँ र जिरा, बेसार, रातो धुलो खुसार्नी, तोरीको तेल, ल्वाङ, सुकमेल, दालचिनी, तेजपत्ता र गरम मसाला ।

पक्कु बनाउने तरिका
मासुको पिस केही ठूलो बनाउनुहोस् । धनियाँ र जिरालाई भुटेर पिस्ने । बजारमा पाइने रेडिमेड धनियाँ र जिराको धुलोभन्दा घरमा नै बनाइएको प्रयोग गर्दा उपयुक्त हुन्छ ।

यदी १ केजी खसीको मासुको पक्कु बनाउने हो भने १ चम्चा बेसार, ३ चम्चा भुटेको जिरा धनियाँको धुलो, आधा चम्चा गरम मसला, स्वादअनुसार खुर्सानीको धुलो, सानो कचौराको १ कचौरा काँचो तोरीको तेल मासुमा राखेर राम्रोसँग मिक्स गर्ने ।

मसाला मिक्स गर्दा थोरैमा पनि ५ मिनेटसम्म मोल्दा त्यो मसलाहरु मासुभित्र राम्रोसँग पसेर पक्कुको स्वाद अझ स्वादिलो हुन्छ ।

यसरी मिक्स गरिएको खसीको मासुलाई न्यूनतम १ घण्टा राम्रोसँग छोपेर राख्नुपर्छ । पक्कु बनाएरु धेरै दिनसम्म राख्ने हो भने त्यसमा नुन राख्नु हुँदैन तर तुरुन्तै खाने पक्कुमा स्वादअनुसार नुन मासुमा राखेर मिक्स गर्ने ।

नुनले खानेकुरालाई छिट्टै गलाउने हुँदा धेरै दिनसम्म राख्ने पक्कुमा नुन प्रयोग नगरि बनाएर खाने बेलामा मात्र नुन राखेर खाँदा राम्रो हुन्छ । साथै, पक्कुमा अदुवा लसुन, प्याज, टमटर केही पनि प्रयोग गरिदैँन ।

पक्कु सादा बनाउदा नै धेरै दिनसम्म राखेर खान सकिन्छ । खसीको पक्कुलाई कराइमा भन्दा कसौडी ९भड्ड्, भाँडा० मा पकाउँदा स्वादिलो हुने र राम्रोसँग पाक्ने हुँदा सम्भव भएसम्म कसौडीमा पकाउँदा राम्रो हुन्छ ।

कसौडी तातिएपछि मसला मिक्स गरी राखिएको मासुलाई कसौडीमा हाल्ने । मधुरो आगोमा कसौडीको मासु बेला–बेलामा चलाउँदै गर्ने । मासुको पानी सुकेर केही रातो भएपछि त्यसमा ल्वाङ, सुकमेल, दालचिनी, तेजपत्ता मासुमा राखेर चलाउने ।

मासुमा ल्वाङ, सुकमेल, दालचिनी, तेजपत्ता राखेर चलाएपछि मन्द आगो बनाएर छोपिदिने र १५–२० मिनेटको बीचमा चलाउदै गर्ने । मासुको पानी सुकेर तेल निस्किन थालेपछि मासुलाई केही बेर नछोपी पाक्न राख्ने। यसरी खसीको मासुको पक्कु तयार हुन्छ ।

धेरैदिन पछिसम्म पनि पक्कुलाई खानयोग्य राख्नु छ भने सफा कसौडीमा नै पक्कुमा राख्ने कसौडीको माथिबाट हावा छिर्ने मिल्ने गरी केही पातलो कपडाले छोपेर ओसिलो ठाँउमा राख्नु पर्दछ । यसरी बनाइएको खसीको पक्कु १ हप्ता पछिसम्म पनि खान योग्य नै हुन्छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ९ : २१ बजे

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत