नेपाली चेली रश्मीले पाइन् अमेरिकामा विशेष अवार्ड « Khabarhub

नेपाली चेली रश्मीले पाइन् अमेरिकामा विशेष अवार्ड


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चेली डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाद्वारा प्रदान गरिने एउटा अवार्डबाट सम्मानित भएकी छन् ।

रश्मीले नासाद्वारा प्रदान गरिने ‘अर्ली करिअर पब्लिक अचिभमेन्ट मेडल’ प्राप्त गरेकी हुन् ।

नेपालको धनुषा जिल्लाकी रश्मी नासाको जेट प्रोपल्सन ल्याबरोटरी (जेपीएल)मा रिसर्च टेक्नोलोजिस्टको रुपमा कार्यरत छिन् ।

रश्मीले सन् २०१४ मा अमेरिकाको पर्ड्यू विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा आफ्नो पीएचडी पूरा गरेकी थिइन् ।

रश्मीले माटोको आद्रता, आद्रभूमि, हिउँको गहिराई र समुद्र सतहको गुणको मापन गर्ने अभियानमा विशेष योगदान दिएको भन्दै नासाले उक्त अवार्ड प्रदान गरेको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १२ : ०३ बजे

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल