आलमसँग न्यायाधीशका ३२ प्रश्न, बुधबार पनि सकिएन बयान « Khabarhub

आलमसँग न्यायाधीशका ३२ प्रश्न, बुधबार पनि सकिएन बयान


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– १२ वर्ष अगाडिको बम काण्डका मुख्य अभियुक्त नेपाली कांग्रेसका नेता मोहम्म अफताव आलमको बयान बुधबार पनि नसकिएको जिल्ला अदालत रौतहटले जनाएको छ ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ (बम) भण्डारण तथा उत्पादन गरेको अभियोग लागेका आलमको मंगलबारदेखि अदालती बयान शुरु भएको थियो ।

मंगलबार बीचमै रोकिएर केही बेर मात्रै बयान चलेको थियो । बुधबार भने बिहान ११ बजेदेखि नै बयान शुरु भएपनि आलमले ३२ वटा मात्रै प्रश्नको जवाफ दिएका जिल्ला अदालत रौतहट स्रोतले जानकारी दियो ।

अदालत स्रोतका अनुसार जिल्ला न्यायाधीश दीपक ढकालले आलमसँग २७ चैत २०६४ मा भएको बम विस्फोट, बम विस्फोटमा भएका घाइते, घाइतेको उपचार तथा घाइतेलाई जलाएर मारिएको विषयमा प्रश्न सोधेका थिए । तर, आलमले भने उक्त दिन त्यहाँ बम विस्फोट नै नभएको भनेर सबै प्रश्नमा इन्कारी बयान दिएका स्रोतले जानकारी दियो ।

बुधबार बयान नसकिएका कारण आलमलाई पुनः हिरासतमै फिर्ता पठाइएको छ । बिहीबार बिहान १० बजे उपस्थित गराउने गरी आलमलाई हिरासतमा फिर्ता पठाइएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

आलममाथि २८ चैत २०६४ मा तोकिएको संविधानसभा निर्वाचन विथोल्नका लागि बम बनाउँदै गर्दा अघिल्लो दिन नै बम विस्फोट भएको र विस्फोटमा परी घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले सोमबार जिल्ला अदालत रौतहटमा अभियोगपत्र दायर गरी आलमसहितका १० जनाविरुद्ध आजीवन काराबासको सजाय मागदाबी गरेको छ । यस्तै, उक्त प्रकरणमा १ जनाविरुद्ध घटनाको मतियार बनेको अभियोगमा मुद्दा दायर गरेको छ ।

बम विस्फोट र घाइतेलाई इटाभट्टामा जलाएको प्रकरणमा कूल ११ जनाविरुद्ध मुद्दा दायर गरिएकोमा आलमबोहकका अन्य १० जना अभियुक्त भने अझै फरार छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ४ : ५८ बजे

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै