साम्राज्ञीले झैँ ‘स्टारडम’ बनाउलान् शिल्पा र उपासनाले ? « Khabarhub

साम्राज्ञीले झैँ ‘स्टारडम’ बनाउलान् शिल्पा र उपासनाले ?


२३ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कलाकारलाई दिइने ‘ट्याग’ बेलाबेलामा विषयवस्तु बन्ने गर्छ । अनमोल केसीलाई मेगास्टार भन्न थालिएपछि उनको ‘ट्याग’ लाई लिएर ‘कन्ट्रोभर्सी’ मा पर्ने गर्छन् अनमोल । यस्तै वरिष्ठ अभिनेता राजेश हमाललाई दिइएको ‘महानायक’ उपाधिप्रति पनि केही कलाकारको आपत्ति रहने गर्छ ।

दर्शकले भने राजेश हमाललाई ‘महानायक’ भनेर स्वीकार गरिसकेका छन् ।

खासगरी यी उपाधि पुरुष कलाकारलाई लिएर जोडिने गर्छन्, त्यसको तुलनामा महिला कलाकारलाई भने उपाधि दिएको पाइँदैन । यतिसम्म कि, नेपाली महिला कलाकारको त स्टारडमको समेत मापन गरिँदैन ।

साम्राज्ञीको इन्स्टाग्रामबाट

केही वर्षअघिसम्म नायिका प्रियंका कार्की र पूजा शर्मालाई सर्वाधिक चर्चित नायिका भनिने गरिन्थ्यो । अहिले भने नेपालमा स्टारडम भएको नायिकामा साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा हुने गर्छ । हुन पनि साम्राज्ञीको फिल्म आउँदा एक किसिमको माहोल नै बनाउने गर्छ ।

त्यसपछि आएका अरु नायिकाहरु फिल्म क्षेत्रमा आए तर खासै स्टारडम बनाउन सकिरहेका छैनन् ।

पछिल्लो समय भने नायिका शिल्पा मास्के र उपासना सिंह ठकुरीलाई पनि राम्रो सम्भावना बोकेका नायिकाका रुपमा हेर्ने गरिएको छ । फिल्म ‘ब्रेकअप’ मा गरेको कामलाई लिएर शिल्पाको तारिफ भइरहेको छ भने लगत्तै उनका दुई फिल्म पनि आउँदैछन् ।

अर्की नायिका उपासना सिंह ठकुरीले पनि पहिलो फिल्म ‘क्याप्टेन’ बाट राम्रै फ्यान फलोइङ कमाएकी छिन् । त्यसो त यी नायिकाको फिल्म रिलिजअघि पनि चर्चा थियो । अर्कातिर ‘क्याप्टेन’ मा उपासनाले गरेको अभिनयको पनि तारिफ भइरहेको छ ।

शिल्पा मास्केको इन्स्टाग्रामबाट

साथै उपासनाले लगत्तै फिल्म ‘कबड्डी ३’ मा पनि अभिनय गर्ने सम्भावना छ ।

नेपालमा नायिकामा खासै प्रतिस्पर्धा भएको जस्तो नमानिए पनि यी दुई नायिकाले पछिल्लो समय डेब्युसँगै सम्भावना देखाएका छन् ।

कतिपयले शिल्पा र उपासनालाई साम्राज्ञीको जस्तै स्टारडम बनाउन सक्ने नायिकाका रुपमा हेरेका छन् । भोलिका दिनमा उपासना र शिल्पाले फ्यानको चित्त अभिनयमार्फत कत्तिको बुझाउन सक्नेछन् त्यो त समयले बताउला । तर, अहिले भने शिल्पा र उपासनाको चर्चा र सम्भावना स्वभाविक नै देखिएको छ ।

उपासना सिंह ठकुरीको इन्स्टाग्रामबाट

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  १२ : ३९ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल