साम्राज्ञीले झैँ ‘स्टारडम’ बनाउलान् शिल्पा र उपासनाले ? « Khabarhub

साम्राज्ञीले झैँ ‘स्टारडम’ बनाउलान् शिल्पा र उपासनाले ?


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कलाकारलाई दिइने ‘ट्याग’ बेलाबेलामा विषयवस्तु बन्ने गर्छ । अनमोल केसीलाई मेगास्टार भन्न थालिएपछि उनको ‘ट्याग’ लाई लिएर ‘कन्ट्रोभर्सी’ मा पर्ने गर्छन् अनमोल । यस्तै वरिष्ठ अभिनेता राजेश हमाललाई दिइएको ‘महानायक’ उपाधिप्रति पनि केही कलाकारको आपत्ति रहने गर्छ ।

दर्शकले भने राजेश हमाललाई ‘महानायक’ भनेर स्वीकार गरिसकेका छन् ।

खासगरी यी उपाधि पुरुष कलाकारलाई लिएर जोडिने गर्छन्, त्यसको तुलनामा महिला कलाकारलाई भने उपाधि दिएको पाइँदैन । यतिसम्म कि, नेपाली महिला कलाकारको त स्टारडमको समेत मापन गरिँदैन ।

साम्राज्ञीको इन्स्टाग्रामबाट

केही वर्षअघिसम्म नायिका प्रियंका कार्की र पूजा शर्मालाई सर्वाधिक चर्चित नायिका भनिने गरिन्थ्यो । अहिले भने नेपालमा स्टारडम भएको नायिकामा साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा हुने गर्छ । हुन पनि साम्राज्ञीको फिल्म आउँदा एक किसिमको माहोल नै बनाउने गर्छ ।

त्यसपछि आएका अरु नायिकाहरु फिल्म क्षेत्रमा आए तर खासै स्टारडम बनाउन सकिरहेका छैनन् ।

पछिल्लो समय भने नायिका शिल्पा मास्के र उपासना सिंह ठकुरीलाई पनि राम्रो सम्भावना बोकेका नायिकाका रुपमा हेर्ने गरिएको छ । फिल्म ‘ब्रेकअप’ मा गरेको कामलाई लिएर शिल्पाको तारिफ भइरहेको छ भने लगत्तै उनका दुई फिल्म पनि आउँदैछन् ।

अर्की नायिका उपासना सिंह ठकुरीले पनि पहिलो फिल्म ‘क्याप्टेन’ बाट राम्रै फ्यान फलोइङ कमाएकी छिन् । त्यसो त यी नायिकाको फिल्म रिलिजअघि पनि चर्चा थियो । अर्कातिर ‘क्याप्टेन’ मा उपासनाले गरेको अभिनयको पनि तारिफ भइरहेको छ ।

शिल्पा मास्केको इन्स्टाग्रामबाट

साथै उपासनाले लगत्तै फिल्म ‘कबड्डी ३’ मा पनि अभिनय गर्ने सम्भावना छ ।

नेपालमा नायिकामा खासै प्रतिस्पर्धा भएको जस्तो नमानिए पनि यी दुई नायिकाले पछिल्लो समय डेब्युसँगै सम्भावना देखाएका छन् ।

कतिपयले शिल्पा र उपासनालाई साम्राज्ञीको जस्तै स्टारडम बनाउन सक्ने नायिकाका रुपमा हेरेका छन् । भोलिका दिनमा उपासना र शिल्पाले फ्यानको चित्त अभिनयमार्फत कत्तिको बुझाउन सक्नेछन् त्यो त समयले बताउला । तर, अहिले भने शिल्पा र उपासनाको चर्चा र सम्भावना स्वभाविक नै देखिएको छ ।

उपासना सिंह ठकुरीको इन्स्टाग्रामबाट

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १२ : ३९ बजे

नेकपा राष्ट्रिय महाधिवेशन मङ्सिर ११-१५ सम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि

आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धि : गभर्नर पौडेल

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक स्थायित्व

असिना–पानीले क्षतिग्रस्त बालीको अनुगमन

काभ्रेपलाञ्चोक– शनिबार र आइतबारको असिना–पानीले क्षति पुर्यायको धुलिखेल र पनौती

भूमिहीन सुकुम्बासीको हकका लागि सर्वोच्चमा रिट दायर, भोलि सुनुवाइ

काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले देशभरका सुकुम्बासीहरूको न्याय र आवास

निर्माण क्षेत्रको संकटप्रति सरकार गम्भीर : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निर्माण व्यवसायी महासङ्घ कोशी