विस्फोटक पदार्थसहित विप्लवका कार्यकर्ता पक्राउ « Khabarhub

विस्फोटक पदार्थसहित विप्लवका कार्यकर्ता पक्राउ


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित आज नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाचखपन नगरपालिका–८ को पोख्राङ गाउ“बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गौतमलाई बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताए ।

प्रहरीले गौतमका साथबाट विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने डेटोनेटर १३ थान, नीओजेल लेखिएको लोला–१५ थान, सेप्टी फ्यूज ९.९५ मिटर, नन्इलेक्ट्रिक डेटोनेटर ११ थान, एकीकृत जनक्रान्ति लेखिएको किताब एक थान, विधान २०७३ लेखिएको एक थान, कालो डायरी एक थान, विभिन्न पुस्तक, एक थान मोबाइल र दुई थान सिमकार्ड फेला परेको थियो ।

पक्राउ परेका गौतमबारे थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीका लागि कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । तीन दिन अगाडि पाँचखपन नगरपालिकाको को१झ ५४० नंको स्कर्पियो गाडी पाँचखपनदेखि खाँदबारी जाँदै गर्दा बिहीबार दिउँसो अज्ञात समूहद्वारा तोडफोडसमेत भएको थियो ।

सो समूहले पटक–पटक फोनबाट चन्दा माग गरेको जनप्रतिनिधिले बताएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ६ : ५५ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल