इतिहास रच्दै भुटान साग फुटबलको फाइनलमा « Khabarhub

इतिहास रच्दै भुटान साग फुटबलको फाइनलमा


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामाथि शानदार जित हात पार्दै भुटान १३औं सागको फाइलनमा प्रवेश गरेको छ ।

शनिवार दशरथ रंगशालामा सम्पन्न समूह चरणको अन्तिम खेलमा भुटानले श्रीलंकालाई ३-० गर्दै फाइलन प्रवेश गरेको हो ।

योसँगै भुटान पहिलो पटक साग फुटबलको फाइनलमा प्रवेश गरेको छ । यस अघि समूह चरणबाटै बाहिरिदै आएको भुटानको यो ऐतिहासिक सफलता हो ।

जितसँगै भुटानले ४ खेलमा ९ अंक जोडेको छ । र, शीर्ष स्थानमा उक्लिएको छ ।

अब भुटानले स्वर्ण पदकको लागि नेपाल र बंगलादेशमध्ये एक टिमसँग खेल्नेछ ।

आइतबार हुने बंगलादेश र नेपालबीचको खेलले फाइनल पुग्ने टोलीको तय हुनेछ । नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरी खेल्नु पर्ने हुन्छ । पराजित भए नेपालको फाइनल सम्भावना सकिनेछ ।

दोस्रो स्थानमा रहेको नेपालको ७ अंक रहेको छ । बंगलादेशको ४ अंक रहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ७ : ३७ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल