इतिहास रच्दै भुटान साग फुटबलको फाइनलमा « Khabarhub

इतिहास रच्दै भुटान साग फुटबलको फाइनलमा


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामाथि शानदार जित हात पार्दै भुटान १३औं सागको फाइलनमा प्रवेश गरेको छ ।

शनिवार दशरथ रंगशालामा सम्पन्न समूह चरणको अन्तिम खेलमा भुटानले श्रीलंकालाई ३-० गर्दै फाइलन प्रवेश गरेको हो ।

योसँगै भुटान पहिलो पटक साग फुटबलको फाइनलमा प्रवेश गरेको छ । यस अघि समूह चरणबाटै बाहिरिदै आएको भुटानको यो ऐतिहासिक सफलता हो ।

जितसँगै भुटानले ४ खेलमा ९ अंक जोडेको छ । र, शीर्ष स्थानमा उक्लिएको छ ।

अब भुटानले स्वर्ण पदकको लागि नेपाल र बंगलादेशमध्ये एक टिमसँग खेल्नेछ ।

आइतबार हुने बंगलादेश र नेपालबीचको खेलले फाइनल पुग्ने टोलीको तय हुनेछ । नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरी खेल्नु पर्ने हुन्छ । पराजित भए नेपालको फाइनल सम्भावना सकिनेछ ।

दोस्रो स्थानमा रहेको नेपालको ७ अंक रहेको छ । बंगलादेशको ४ अंक रहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ७ : ३७ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत