चितवनमा पिकनिकबाट फर्कदै गर्दा टेम्पो दुर्घटना, पाँच जनाको मृत्यु « Khabarhub

चितवनमा पिकनिकबाट फर्कदै गर्दा टेम्पो दुर्घटना, पाँच जनाको मृत्यु


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा अटो टेम्पो दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । ना १ ह ६४०९ नम्बरको टेम्पो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ चेपाङमार्गको भित्रि सडकबाट चौकीडाँडातर्फ आउँदै गरेको अटो टेम्पो दुर्घटनामा परेको प्रहरीले चितवन प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । पिकनिकबाट फर्कदै गर्दा टेम्पो दुर्घटनामा परेको जनाइएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा एकजनाको मात्रै नाम खुलेको छ । कुस्माका श्यामप्रसाद तिवारीको सनाखत भए पनि बाँकी चार जनाको सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ८ : ०३ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल