छाउपडी प्रथा निर्मूल गर्न सरकारलाई संसदीय समितिको निर्देशन | Khabarhub Khabarhub

छाउपडी प्रथा निर्मूल गर्न सरकारलाई संसदीय समितिको निर्देशन


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  संसदको महिला तथा सामाजिक समितिले महिला तथा सामाजिक समितिले कुरीति, कुप्रथा तथा कुसंस्कार न्यूनीकरणका गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पाँच बुँदे निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र मन्त्रालयका निमित्त सचिव वीरबहादुर राईसहितको उपस्थितिमा बैठकले पाँच बुँदे निर्देशन दिने निर्णय गरेको हो ।

निर्णयमा देशमा विद्यमान कुरीति, कुप्रथा, कुसंस्कारको विस्तृत अध्ययन गरी सूची तयार गर्ने तथा न्यूनीकरणका लागि स्पष्ट कार्यदिशा एवं रणनीति बनाई कार्यान्वयन गर्न गराउन समितिको मन्त्रालय र सम्बद्ध निकायलाई निर्देश गर्ने रहेको छ ।

सुदूरपश्चिममा प्रचलित छाउपडी प्रथालाई निर्मूल गर्न तत्काल स्थानीय तहसँग सहकार्य गरी दुई महीनाभित्र परिणाम आउने गरी काम गर्न गराउन मन्त्रालय र सम्बद्ध निकायलाई निर्देश गर्ने, सुदूरपश्चिमको छाउपडी सम्बन्धमा समितिबाट भएको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन प्रभावकारी कार्यान्वयन गर्न, गराउन र त्यसबारे कार्यप्रगति मासिक रुपमा उपलब्ध गराउन मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ ।

छाउपडीलगायतका कुरीति, कुप्रथा, कुसंस्कार अन्त्यका लाग कार्यरत गैरसरकारी संस्थाको कार्य मूल्याङ्कन गरी स्थान विशेष एउटा निकायलाई एउटा कार्य तोकी कार्यसम्पादन गर्ने गराउन पनि समितिले निर्देशन दिएको छ ।

बैठकले आगामी वर्षलाई कुरीति, कुप्रथा तथा कुसंस्कारविरुद्धको वर्षको रुपमा मनाउन सकिने वा नसकिने सम्बन्धमा एक हप्ताभित्र समितिलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ ।

मन्त्री थापाले समितिले दिएको निर्देशनानुसार देशमा विद्यमान कुरीति, कुप्रथा, कुसंस्कार न्यूनीकरणका लागि काम गर्ने र योजना बनाएर स्थानीय तहसँग मिलेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

समिति सभापति निरुदेवी पालले सुदूरपश्चिमको छाउपडी सम्बन्धमा समितिबाट स्थलगत अध्ययन प्रतिवेदन मन्त्री थापालाई बुझाउँदै त्यसको उचित कार्यान्वयनका लागि आग्रह गरिन् ।

बैठकले ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने नाराका साथ शुक्रबार मनाउन लागिएको १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नाराको कार्यान्वयनमा सरकार र सम्बन्धित सबै पक्षलाई सफलता मिलोस् भन्दै दिवसका अवसरमा शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ४ : २२ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा