बैंगलोरसँग खेल्दै दिल्ली, सन्दीपको प्रदर्शन कस्तो रहला ? « Khabarhub

बैंगलोरसँग खेल्दै दिल्ली, सन्दीपको प्रदर्शन कस्तो रहला ?


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (आइतबार ) नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गदैछ ।

बेंगलुरुस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दिल्ली र बैंगलोरबीचको खेल नेपाली समयानुसार दिउँसो ४ः१५ बजे शुरु हुनेछ । सन्दीपको टिम दिल्ली बैंगलोरविरुद्ध तेस्रो जीतको खोजीमा रहने छ । ५ खेल खेलेको दिल्ली २ जीत निकाल्दै ४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

आईपीएलमा लगातार कमजोर प्रदर्शन गरीरहेको बैंगलोर घरेलु मैदानमा दिल्लीलाई पराजित गर्दै अंकतालिकामा खाता खोल्ने लक्ष्यमा रहेको छ ।

यसअघि ३ खेल खेलेका नेपाली लेग स्पिनर सन्दीपलाई दिल्लीले मैदान उतार्ने सम्भावना कायम देखिन्छ ।

सन्दीपले दिल्लीले खेलेका पछिल्ला तीनवटै खेलमा विकेट लिइरहेका छन् भने रनमा पनि केही नियन्त्रण गरिरहेका छन् । उनले ३ खेलमा उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारिसकेका छन् ।

यद्यपि, दिल्लीसँगका पछिल्लो ५ भेटलाई बैंगलोरले आफ्नो पक्षमा पार्न सफल भएको छ । बैंगलोरको घरेलु मैदानमा दिल्लीले यसअघिको टिमलाई निरन्तरता दिए सन्दीप टिममा पर्ने नै छन् । तर, सन्दीपले खेलेका पछिल्ला ३ खेलमध्ये दिल्लीले १ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ । ब्याटिङ लाइन कमजोर बन्दै गइरहेको दिल्लीका लागि मुख्य स्पिनरका रुपमा मैदान उत्रिएको अवस्थामा सन्दीपले बैंङ्लोरविरुद्ध प्रभावकारी प्रमाणित गर्न सक्लान् ?

सन्दीपको प्रदर्शन कस्तो रहला ? उनले आफूलाई दिल्लीका लागि प्रभावकारी खेलाडी भएको पुष्टि गर्न सक्छन् भन्ने प्रश्न यतिबेला उठिरहेका छन् ।

आज राति ८ः१५ बजे दोस्रो खेलमा राजस्थान रोयल्स र कलकत्ता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन् ।

सम्भावित दिल्ली टिम:

इशान्त शर्मा, राहुल तेवतिया, अजर पटेल, पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), रिसभ पन्त, कागिसो रबाडा, सन्दीप लामिछाने, क्रिस मोरिस, कोलिन इनग्राम

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ११ : ५० बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर