सिरियामा सेना र विद्रोहीबीच भिडन्त, १३ जना मारिए « Khabarhub

सिरियामा सेना र विद्रोहीबीच भिडन्त, १३ जना मारिए


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरिया– सिरियामा सरकारी सेना र सिरियाली विद्रोहीबीच भएको भिडन्तमा १३ जना मारिएका छन् । उत्तर पश्चिमी सिरियाको इडलिब र हामा प्रान्तमा भएका घटनामा अरु दर्जनौँ घाइते भएका छन् ।

सिरियाली युद्धको अनुगमन गर्दै आएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सिरियाको सरकारी सेनाले विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तका शरकिब र नेयरब गाउँमा गोलाबारी गरेको थियो ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सिरियाली सेनाको गोलाबारीमा ९ जना मारिएका थिए । त्यस्तै सिरियाली विद्रोहीले पनि सिरियाली सरकारको नियन्त्रणमा रहेको हामा प्रान्तस्थित अल मयसाफ गाउँमा गोलाबारी गरेका थिए ।

विद्रोहीको गोलाबारीमा ४ जना मारिएको बताइएको छ । पछिल्लो समय रुस र टर्कीबीच उत्तर पश्चिमी सिरियामा हिंसा अन्त्य गर्ने विषयमा भएको सम्झौता अनुसार पछिल्लो समय त्यहाँ हिंसात्मक घटनामा कमी आएपनि गोलाबारीका पछिल्ला घटनाले त्यहा हिंसा बढ्नेमा चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ४ : ३० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु