सामान्य विवादमा श्रीमतीको हत्या गरी २४ घन्टासम्म लुकाए शव « Khabarhub

सामान्य विवादमा श्रीमतीको हत्या गरी २४ घन्टासम्म लुकाए शव


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीमतीको हत्या गरेर २४ घन्टासम्म शव लुकाएर बसेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका ६ कोलाती घर भइ काठमाडौंको बागबजार डेरा गरी बस्ने २७ वर्षीय पुस्कर भन्ने राजकुमार पहरी छन् ।

राजकुमारले २३ वर्षीया श्रीमती निर्मला नेपालको हत्या गरी २४ घन्टासम्म शव लुकाएर बसेका थिए ।

राजकुमार र निर्मलाबीच आइतबार राति भनाभन भएको थियो । भनाभनकै क्रममा राजकुमारले निर्मलाको टाउको र मुखमा प्रहरी पलङ्गमा लडाएका थिए । पलङमा घोप्टो परेर लडेकी निर्मला सोमबार विहान ९ बजेसम्म पनि नउठेपछि राजकुमारले परिवारका सदस्यलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए ।

आफन्तले प्रहरीलाई खबर गरेपछि राजकुमार घटना भएको २४ घन्टापछि नियन्त्रणमा आएका हुन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले राजकुमारलाई उनको कोठाबाटै नियन्त्रणमा लिएको हो । प्रारम्भिक बयानका क्रममा राजकुमारले श्रीमती निर्मलाको हत्या आफैंले गरेको भनि स्वीकार गरेको अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ११ : ३८ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको