‘पहिलेका सरकारको गल्ति, आलोचना अहिले ?’ « Khabarhub

‘पहिलेका सरकारको गल्ति, आलोचना अहिले ?’


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा सरकारका पालामा भएका काम का विषयलाई लिएर वर्तमान सरकारको आलोचना भइरहेको आरोप लगाएका छन् । संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘ठेक्का प्रक्रियामा भइरहेको विलम्ब आफ्नो सरकार आएपछि लगाएको ठेक्का नभएर वर्षौं अघि दिइएको ठेक्का हो । यसलाई लिएर आलोचना गर्नु उचित होइन ।’

प्रधानमन्त्रीले निर्माण कार्यमा हुने विलम्ब कुनै पनि हालतमा सह्य नहुने बताए । उनले अब मूल्य, समय र गुणस्तरको विषयलाई सरकारले गम्भीरताका साथ हेर्ने पनि स्पष्ट पारे । सरकारले सडकमा विमानस्थल बनाउनु नभनेको भन्दै प्रधानमन्त्रीले आपतकालिन अवस्थामा हवाईजहाज अवतरण गर्न मिल्ने संरचनाको निर्माणलाई मजाकमा उठाउन नहुने उनको भनाई छ । ‘सरकारले यस्तो पनि सोच्न भ्याउँदो रहेछ भनेर खुशी हुनु पर्ने बेलामा सरकारको जरो खन्नु उचित होइन ।’

सरकारले महिला सशक्तिकरणका लागि पनि गम्भीर भएर कार्यक्रम ल्याएको बताए । उनले भने, ‘महिलाको विकास र सशक्तिकरणका लागि थुप्रै कार्यक्रम ल्याइएको छ । महिनावारी भएको अवस्थामा विद्यालयमा छात्राहरुलाई सेनेटरी प्याड वितरण लगायतका कार्यक्रमलाई पनि पहिलो पटक समेटिएको छ,’ प्रधानमन्त्रीले भने, ‘युवा रोजगारीका लागि पनि थुप्रै कार्यक्रम ल्याइएको छ । प्रमाणपत्र धितो रोखेर, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत थुप्रै युवा लक्षित कार्यक्रम आएको प्रधानमन्त्रीको दाबी छ ।

पूर्वाधार विकास, विद्युतिकरण, पर्यटनको विकासलगायत थुप्रै काम गर्नु पर्ने भएकाले सरकारले प्राथमिकताको क्षेत्र सीमित रुपमा ल्याएको उनको भनाई छ ।
नेपालीले आज पनि भात खाने, भोलि पनि भात खाने मात्रै लक्ष्य राखेर देश विकास नुहने भन्दै कुनै पनि जनता भोकै र आवास बिनाको नहुने भएकाले यसमा ढुक्क हुन आग्रह गरे । उनले भने, ‘अब खान, लाउन नपाउने, सडकमा अलपत्र बेसहरा भएर बस्न नपर्ने दिन आए ।’

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  २ : ५२ बजे

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको