पीएसजी फ्रेन्च कपको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

पीएसजी फ्रेन्च कपको क्वाटरफाइनलमा


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इडिन्सन काभानी, जुलियन ड्राक्सलर र मौसा डियाबाले एक—एक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम—१६ को खेलमा भिलेफ्रेन्चेलाई इन्जुरी समयमा ३—० गोल अन्तरले पराजित गर्दै पिएसजीले अन्तिम आठको यात्रा तय गरेको हो ।

भिलेफ्रेन्चेको मैदानमा जित निकाल्न पीएसजीले अतिरिक्त समयसम्म कुर्नु परेको थियो । खेलको निर्धारित ९० मिनेटको समयसम्म गोलरहित भएको अवस्थामा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको १०२ औं मिनेटमा ड्राक्सलरले पहिलोे गोल गर्दै टिमलाई १—० गोलको अग्रता बनाएका थिए भने ११३ औं मिनेटमा मौसाले पिएसजीलाई २—० को अग्रता लिएको थियो ।

खेलको अन्तिम तथा निर्णायक गोल खेलको ११९ औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै पिएसजीलाई ३—० को जित दिलाएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  २ : १५ बजे

तराइमा हुस्सु तथा हिमाली क्षेत्रमा हिमपात हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर २३ गते) शनिबारका

यू–१९ एसिया कपः आज दुई खेल हुँदै

काठमाडौं – शुक्रबारदेखि सुरु भएको एसिसी यू–१९ एसिया कप अन्र्गत

आज शनिबार, शनिदेवलाई खुसी पार्नुहोस्

काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा

आज २०८० साल मंसिर २३ गते शनिबारको राशिफल

काठमाडौं –आज २०८० साल मंसिर २३ गते शनिबार। ज्योतिष शास्त्रमा