पीएसजी फ्रेन्च कपको क्वाटरफाइनलमा « Khabarhub

पीएसजी फ्रेन्च कपको क्वाटरफाइनलमा


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इडिन्सन काभानी, जुलियन ड्राक्सलर र मौसा डियाबाले एक—एक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम—१६ को खेलमा भिलेफ्रेन्चेलाई इन्जुरी समयमा ३—० गोल अन्तरले पराजित गर्दै पिएसजीले अन्तिम आठको यात्रा तय गरेको हो ।

भिलेफ्रेन्चेको मैदानमा जित निकाल्न पीएसजीले अतिरिक्त समयसम्म कुर्नु परेको थियो । खेलको निर्धारित ९० मिनेटको समयसम्म गोलरहित भएको अवस्थामा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको १०२ औं मिनेटमा ड्राक्सलरले पहिलोे गोल गर्दै टिमलाई १—० गोलको अग्रता बनाएका थिए भने ११३ औं मिनेटमा मौसाले पिएसजीलाई २—० को अग्रता लिएको थियो ।

खेलको अन्तिम तथा निर्णायक गोल खेलको ११९ औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै पिएसजीलाई ३—० को जित दिलाएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  २ : १५ बजे

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि