सुरक्षालाई लिएर दीपेन्द्रले ‘आमा’ बनाउने « Khabarhub

सुरक्षालाई लिएर दीपेन्द्रले ‘आमा’ बनाउने


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुरक्षा पन्तलाई लिएर निर्देशक दीपेन्द्र के. खनालले फिल्म ‘आमा’ निर्देशन गर्ने भएका छन् । ‘आमा’ नामक फिल्मलाई नेपालको पहिलो फिल्म पनि मानिन्छ ।

फिल्ममा सूर्यमाला खनाल ‘आमा’ को भूमिकामा देखिँदैछिन् भने छोरीको भूमिकामा नायिका सुरक्षा पन्तलाई देख्न सकिन्छ । काठमाडौंमा मंगलवार आयोजना गरिएको पत्रकार सम्मेलनामा फिल्मको औपचारिक घोषणा समेत गरियो ।

निर्देशक खनालले यो फिल्मलाई आफ्नो हिट फिल्म ‘पशुपतिप्रसाद’ जस्तो बनाउने दाबी गरे । उनले भने, ‘आमालाई दर्शक र समीक्षकले माया गर्ने खालको बनाउने छु ।’

यस्तै नायिका सुरक्षा पन्तले आफूले निभाउने भूमिकालाई सक्दो न्याय गर्ने बताइन् । चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

चलचित्रमा शर्मिला पाण्डेको निर्माण रहनेछ भने सन्तोष अधिकारीको सह–निर्माण रहनेछ । फिल्मले फागुन ९ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

निर्माण टिमका अनुसार फिल्मको छायांकन असारको पहिलो साताबाट थालिनेछ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ४ : ५३ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल