कांग्रेस बैठकः जिल्ला सभापतिहरुको सुझावमा छलफल « Khabarhub

कांग्रेस बैठकः जिल्ला सभापतिहरुको सुझावमा छलफल


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको महासमिति बैठकमा जिल्ला सभापतिहरुले दिएको सुझावका बारेमा केन्द्रीय कार्यसमिति बैठकमा छलफल शुरु भएको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा जिल्ला सभापतिहरुले विधान संशोधनका लागि दिएको सुझावका बारेमा छलफल शुरु भएको हो । उनीहरुले महासमिति बैठकमा केन्द्रीय कार्यसमितिमा रहेका नेताहरु वडा तहबाट निर्वाचित भएर आउनुपर्ने र आरक्षणमा एक पटकमात्रै अवसर पाउनुपर्ने सुझाव दिएका थिए ।

बिहीबार बसेको बैठकमा जिल्ला सभापतिहरुले दिएको सुझावसँगै भ्रातृ संगठन नेविसंघको वर्तमान कार्यसमितिका बारेमा पनि छलफल भएको प्रवक्ता बिश्वप्रकाश शर्माले बताए । त्यस्तै नेविसंघको महाधिवेशनका बारेमा र सरकारको गतिविधिका बारेमा पनि छलफल भएको थियो ।

बैठकमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, हृदयराम थानी, बलबहादुर केसी, कल्याण गुरुङ, चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, गगन थापा, गुरुराज घिमिरे, रामकृष्ण यादव, वीरबहादुर बलायर, फरमुल्लाह मन्सुर, डा. नारायण खड्कालगायतका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक माघ २८ गतेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ७ : १० बजे

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,