उपत्यकाका अधिकांश स्विमिङ पूल गुणस्तरहीन « Khabarhub

उपत्यकाका अधिकांश स्विमिङ पूल गुणस्तरहीन


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी मौसम लागेसँगै राजधानी र शहरी क्षेत्रमा स्विमङका लागि जाने युवायुवतीको संख्या बढ्न थालेको छ । उपत्यकामा सिमित मात्रामा ठूलाखालका स्विमङपूल छन् ।

यो समय स्विमङमा रम्ने र शरीरलाई गर्मीबाट जोगाउन खोज्नेहरुको चाप बढीहुँदा स्विमिङ पूलमा हुने पानीको स्वच्छतामा प्रश्न उठ्ने गरेको छ । अहिले शहरमा छ्याप्छ्याप्ती खुलेका स्विमिङ पूलमा पौडी खेल्ने आम मानिस, पानीमा हुनुपर्ने गुणस्तर र मापदण्डका बारे भने बेखबर छन् ।

यसैको फाइदा उठाउँदै स्विमिङ पूल निर्माणमा लाखौं खर्चने ब्यवसायी आम ग्राहकको स्वास्थबारे लापरबाही गरीरहेका छन् । ठूलो रकम लगानी गरेर काठमाडौं उपत्यकामा स्विमिङ पूल निर्माण गरेका ब्यवसायीले यसको सञ्चालनमा अपनाउनुपर्ने साधारण मापदण्ड अर्थात पौडी पोखरीमा प्रयोग गरीने पानीको शुद्धता, पानीमा प्रयोग गरिने क्लोरिनको मात्रा र नियमित सरसफाईमा कुनै वास्ता नगरेको पाइन्छ ।

ब्यवसायिको लापरबाही यतिसम्म छ कि, कुनै रोग वा संक्रमण भएका व्यक्तिलाई पैसा तिरेर टिकट काटेकै भरमा बिना रोकतोक सजिलै स्विमिङ पूलमा प्रवेश दिइन्छ । जसले अन्य ब्यक्तिलाई सहजै रोग सर्ने खतरा बढ्दा समेत ब्यवसायिलाई कुनै चिन्ता परेको देखिदैन ।

स्वमिङ पूल अनुगमनमा चुक्यो नियमनकरी निकाय

ब्यवसायीले ग्राहकको आखामा छारो हालेर मानव स्वस्थ्यसंग खेलिरहँदा यसको निरीक्षण नियमन गर्नुपर्ने निकाय समेत मौन बसेको देखिन्छ ।

उपभोक्ता, ग्राहक र सेवाग्राहीको बिषयमा काम गर्छौ भन्नेहरु पनि  स्विमिङ पूलको पानी परीक्षण गर्न कहिल्यै पुगेको पाइँदैन । यतिमात्र होइन, खुद सरकारको तलब भक्ता खाएर आम उपभोक्ता ग्रँहकको हितमा काम गर्ने, अनुगमन गरी कारबाही गर्न सक्ने सम्मको अधिकार पाएको निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समेत कहिल्यै पौडी पोखरीको पानी परीक्ष्ँण गरेको देखिदैन । यो कुरा विभागका निर्देशक पवनकुमार तिमल्सिना पनि स्वीकार्छन् ।

पौडी पोखरीमा प्रयोग गरिने पानी गुणस्तरहिन हुन्छ, मापदण्ड विपरीत हुन्छ । यतिमात्र होइन बिभिन्न रोगको खतरा हुन्छ । तरपनि यस्ता ब्यवसायीलाई कहिल्यै कुनै अंकुश वा रोकतोक गरेको दैखिदैन । आखिर किन बारबार चुप रहन्छ नियमनकारी निकाय ? यो आम जनताको प्रश्न बनेको छ ।

यस्तो छ खराब पानीबाट लाग्ने रोग 

वीर अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डा. भास्कर मोहनमेहर कायस्थका अनुसार पौडी पोखरीको पानी नियमीत परिक्षण र परिवर्तन नगरिए श्वासप्रश्वास, छाला, आंखा तथा अन्य थुप्रै सरुवा रोगको संक्रमण लाग्नसक्छ ।

यतिमात्र होइन, पौडी पोखरीमा मिसाइने रसाइनका कारण छालामा टिवि, घाउखटिरा, संक्रमण, एलर्जी तथा अन्य समस्या र यौनांगमा भाइरल इन्फेक्सनका कारण यौनांग वरिपरि मुसा पनि सर्न सक्छ । पौडी पोखरीको पानी सफा देखाउन प्रयोग गरिने क्लोरिनको मात्रा तलमाथि भएमा छाला मात्र नभई कपाल झर्ने र टुक्रिने समस्या देखापर्छ ।

तर, पौडी पोखरी बनाएर दैनिक लाखौंको कारोवार गरिरहेका ब्यवसायिहरु ग्राहकको स्वास्थ्यप्रति जिम्मेवार रहेको देखिदैन । आजसम्म उपत्यकामा कुनै यस्तो स्विमिङ पूल छैन, जहाँ कोहि ग्राहकलाई कुनै रोग छ कि छैन भनेर सोधपुछ गरिन्छ, उनीहरुको परीक्षण त परै जाओस् । यो कुरा पौडी पोखरी सञ्चालकपनि स्वीकार्छन् । वेष्ट भेन्यु स्विमिङ पूलका सञ्चालक सुनिल कर्मचार्य भन्छन् – सिमित रकम तोकेका छौं । त्यो रकम तिरेपछि जसले पनि स्वीमिङ गर्न पाउँछ ।

यद्यपी पानीको मापदण्ड कायम राखेर सेवा सञ्चालन गरेको र आफुहरु ग्राहकको स्वास्थ्य प्रती जिम्मेबार रहेको उनको दाबी छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ४ : ४३ बजे

निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको

जेन-जी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा– जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक

फेरि पनि व्यवस्था विरोधी प्रचार गरेर मत माग्दै उम्मेदवारहरू

काठमाडौं– विशेषगरी राजनीतिक दलका नेतृत्वले राज्यलाई सुशासनमुखी ढंगले सञ्चालन नगरेको

गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका