टाउको दुखाइलाई सामान्य नसोच्नु, यस्तो रोग हुनसक्छ « Khabarhub

टाउको दुखाइलाई सामान्य नसोच्नु, यस्तो रोग हुनसक्छ


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाउको दुख्ने समस्यालाई सामान्य रुपमा लिइन्छ । तर टाउको दुख्ने समस्यालाई सामान्य रुपमा लिदा यो दीर्घकालिन समस्याको रुपमा देखा पर्न सक्छ । टाउको दुख्ने समस्या  स्नायु सम्बन्धि समस्या तथा रोगका कारणले हुने गर्छ । टाउको दुख्ने विभिन्न रोगहरुमध्ये माइग्रेन पनि पर्छ ।

माइग्रेनका लक्षणहरु

–टाउकोको एक भागमा मात्रै अत्याधिक पीडा हुने,

– चार घण्टादेखि एक सातामसम्म दुख्ने,

–टाउको दुख्दा वान्ता हुने,

–वाक–वाक लाग्ने,

–चिडचिडापन हुने,

–बोल्न मन नहुने,

–कसैसँग बोल्न मन नलाग्ने,

–बत्तिको उज्यालोमा बस्न नसक्ने,

–काम गर्दा दुखाइ बढ्ने ।

किन हुन्छ माइग्रेन ?

माइग्रेनको लक्षण मानिसअनुसार फरक फरक हुन्छ । लक्षण फरक हुने भएकाले यसको कारण पनि फरक– फरक हुन्छन् ।

–धेरै गर्मी धेरै जाडो मौसममा,

–चर्को घाममा जाँदा,

–धेरै चर्को आवाज,

–नराम्रो कुरा सुन्दा वा तनाव बढ्दा,

–धेरै दुःखी भएमा,

– कम वा धेरै सुत्दा,

–कफि, चकलेट, मदिरा सेवन,

–अजिनोमोटो हालिएको खानेकुरा,

–भोक लागेमा,

–महिनावरी भएको समयमा,

यसरी हुन्छ उपचार
माइग्रेनको एट्याक आउँन नदिने र अर्को माइग्रेनको एट्याक आइरहेको समयमा टाउको दुखाइलाई कम गर्ने दुई किसिमको उपचार हुन्छ ।
माइग्रेनका बिरामीको अवस्था हेरेर सामान्यतय ६ देखि ९ महिनासम्म औषधि सेवन गर्नुपर्ने हुन्छ ।  औषधि सेवनले दुई देखि ५ वर्षसम्म माइग्रेनका कारण टाउको दुख्ने समस्या हट्छ ।

यस्तै अर्को उपचार माइग्रेनको दुखाई भइरहेको अवस्थामा दुखाई कम गर्ने उपचार हो । यो उपचार विधि भनेको दुखाई कम गर्ने पेनकिलरहरुको प्रयोग गर्ने हो ।

तर यस्तो औषधि नियमित सेवन गर्दा ग्यास्ट्रिक,अल्सर, किड्नीमा समस्या हुने सम्भावना रहन्छ । स्वास्थ्य जीवनशैलीले माइग्रेनको समस्या कम हुने भएकाले स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ११ : ५७ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने