महिला विश्वकप : ३ पटकको विजेता अमेरिकालाई रोक्ने नेदरल्यान्डको लक्ष्य « Khabarhub

महिला विश्वकप : ३ पटकको विजेता अमेरिकालाई रोक्ने नेदरल्यान्डको लक्ष्य


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फ्रान्समा जारी आठौं संस्करणको फिफा महिला विश्वकप फुटबलको फाइनलमा अमेरिका र नेदरल्यान्डबीचको खेल हुँदैछ ।

साविक विजेता अमेरिका लगातार चौथो पटक उपाधि कब्जा गर्ने लक्ष्यमा छ । फाइनल नेपाली समयअनुसार आज बेलुका पौने ९ बजे फ्रान्सको लियोन ओलम्पिक स्टेडियममा हुँदैछ ।

अमेरिकाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पहिलो पटक फाइनलमा पुगेको नेदरल्यान्ड साविक विजेता अमेरिकालाई पराजित गर्दै विश्वकप उपाधिसहित घर फर्किने लक्ष्यमा छ । नेदरल्यान्डले सेमिफाइनलमा स्वीडेनमाथि १–० को रोमाञ्चक जित निकाल्दै अमेरिकासँगको भेट पक्का गरेको थियो ।

सन् २०१५ मा क्यानडामा भएको सातौं संस्करणको विश्वकप इतिहास दोहोर्याउने लक्ष्यमा छ । जहाँ अमेरिकाले तेस्रो पटक उपाधि जितेको थियो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १२ : ०१ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा