भारतबाट आउने तरकारीको विषादी परीक्षण गर्न अझै १ वर्ष लाग्ने « Khabarhub

भारतबाट आउने तरकारीको विषादी परीक्षण गर्न अझै १ वर्ष लाग्ने


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतलगायत तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा प्रयोग गरिएको विषादी परीक्षण गर्ने कार्य पुनः सञ्चालन गर्न कम्तिमा १ वर्ष लाग्ने भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफूल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा १ बर्ष लाग्ने बताएका हुन् ।

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री खनालले भारतबाट आयात हुने तरकारीको चेकजाँच गर्ने चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफूले खाद्य, पशु र प्लान क्वारेन्टाइन अन्र्तगतका १४ वटा क्यारेन्टाइन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको पनि दावी गरे ।

एक नम्बर प्रदेशको विर्तामोड, दुई नम्बरको सर्लाही, ३ नम्बरको कालीमाटी, गण्डकी प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको बुटवल र ७ नम्बर प्रदेशमा रहेका २ वटा विषादी परीक्षण केन्द्रबाट विषादी परीक्षण हुदै आएकोमा अहिले भने रोकिएको उनको पनि भनाइ छ ।

केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समुहको परीक्षण गर्ने भए पनि बाँकीमा २ वटा प्यारामिटर मात्रै चेक हँुदै आएको पनि उनले बताए ।

तर वाणिज्य र कृषि मन्त्रालयसंग सम्बन्धीत कतिपय विषयमा एउटाले गरेको निर्णय अर्को मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने अवस्था रहेकाले तत्कालका लागि पुर्वाधार नभएको भन्दै परीक्षण रोक्न बाणिज्यले गरेको प्रस्ताव पास भएपछि आफुले त्यसैको कार्यान्वयन गुर्नपर्ने उनको भनाइ थियो ।

‘बाणिज्य र कृषिका अलग अलग निर्णय हुने, तर ती सम्बन्धित छन् । मूल्य निर्धारण हामी गर्छौं, तर क्याबिनेटमा बाणिज्यबाट जान्छ । निकासी पैठारी ऐन अन्र्तगत निर्णय हुन्छ, तर कार्यान्वयन कृषि मन्त्रालयले गर्नुपर्छ,’ मन्त्री खनालले भने, ‘त्यसो गर्दा बाणिज्यबाट यो प्रस्ताव गयो । प्रस्ताव पारित भयो । र राजपत्रमा सुचना प्रकाशित भईसकेपछि सूचना प्रकाशित भएको मितिबाट मैले सुरु गरेँ । गरेको त्यही हो । अब फेरी वाणिज्यले अहिले तत्काल पुर्वाधार नभएकाले अलि सकिन्न कि भनेर प्रस्ताव लग्यो अब त्यो पास भएको छ । मैले रोक्नुपर्ने होला ।’

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १२ : ५७ बजे

दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत् विस्तार कार्य तीव्रता बनाउन सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत्

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

किमाना– केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार