सुनको भाउले राख्यो नयाँ रेकर्ड, बुधबार कति पुग्यो मूल्य ? « Khabarhub

सुनको भाउले राख्यो नयाँ रेकर्ड, बुधबार कति पुग्यो मूल्य ?


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनको भाउ बढ्नेक्रम जारी रहेको छ । बुधबार सुनको भाउ तोलामा १५ सय बढेको छ । यससँगै सुन तोलाको ६९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा त्यसको प्रभाव परेको व्यवसायीहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधबार प्रति औंस २७ डलर ५ सेन्ट बढेर १२ सय ८६ डलर ७० सेन्ट पुगेको छ ।

अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको अस्थिरता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्थनीति, कश्मीर तनाव र स्थानीय मागथ कम भएका कारण नेपालमा सुनको भाउ लगातार बढिरहेको छ ।

व्यवसायी र अर्थशास्त्रीहरूका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपालमा पनि देखिएको हो।

चीन र अमेरिकाबीचको व्यापार युद्धले अन्तर्राष्ट्रिय बजार अस्थिर बन्दा धेरै लगानीकर्ता सुनतर्फ आकर्षित भएको हुँदा मूल्य बढेको व्यवसायी र अर्थशास्त्रीको तर्क छ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ३ : ०५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई