बिदामा बस्दा सेवा सुविधा लिने सेवानिवृत शिक्षकलाई अख्तियारको मुद्दा | Khabarhub Khabarhub

बिदामा बस्दा सेवा सुविधा लिने सेवानिवृत शिक्षकलाई अख्तियारको मुद्दा


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका एक जना सेवानिवृत्त प्रधानाध्यापक हरिराम भण्डारीसहित तीन जनामाथि सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ।

आयोगले विदुर नगरपालिकाको सुलक्षण माविमा कार्यरत तत्कालीन प्रधानाध्यापक भण्डारीले अनुचित सेवासुविधा लिनुभएको कार्यमा निमित्त प्रधानाध्यापक केशवबहादुर बस्नेत र विद्यालय निरीक्षक कुमारप्रसाद तिमिल्सिनाले सहयोग गरेको दाबीसहित सजायको माग गरेको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले तीनै जनामाथि छुट्टाछुट्टै २३ हजार ९९९ रुपियाँ बिगो कायम गरी सजायको माग गरिएको बताए । भण्डारीले बिदामा बसेको बखतको सेवा सुविधा लिएको आयोगको अनुसन्धानबाट खुलेको हो।

आयोगले महोत्तरीको भङ्गाहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहु र उनका छोरा मुकेश साहमाथि एक लाख ६० हजार रुपियाँ बिगो कायम गरी विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार वडा अध्यक्ष आलम र सदस्य साहुले धर्मपुर सडक नाला तथा पीसीसी ढलान कार्यका लागि उपभोक्ताबाट एक लाख साठी हजार रुपियाँ घुस लिएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ६ : ०५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ १३ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ १३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १३ गते शुक्रबार। भाद्र

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी