भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ सम्पर्कबिहीन « Khabarhub

भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ सम्पर्कबिहीन


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ सम्पर्कबिहीन भएको छ । चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने बेलादेखि सम्पर्कबिहीन भएको हो ।

भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार राति साढे १ बजेदेखि २ बजेको बीचमा चन्द्रमामा अवतरण गराउने योजना अनुसार काम भएपनि अवतरण गर्नै लागेपछि सम्पर्क टुटेको थियो।

चन्द्रयान-२ को सफल अवतरण र उसले गर्ने अनुसन्धान हेर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को कार्यालय पुगेका थिए । तर अन्तिम समयमा प्राविधिकहरुले सम्पर्क टुटेको खबर सुनाएपछि उनी निराश हुँदै फर्किएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

इसरोका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको जानकारी गराउँदै भने, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’

प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ८ : ०१ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा