प्रभावकारी भएन यातायातको प्रदूषण मापनयन्त्र « Khabarhub

प्रभावकारी भएन यातायातको प्रदूषण मापनयन्त्र


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङस्थित यातायात व्यवस्था कार्यालयमा रहेको सवारी प्रदूषण मापनयन्त्र प्रभावकारी रुपमा प्रयोग हुनसकेको छैन । गएको वर्ष भदौमा कार्यालयमा उक्त यन्त्र भित्र्याइएको भएपनि अहिलेसम्म ७५ वटामात्रै सवारीसाधनको प्रदूषण मापन गरिएको यातायात कार्यालय दाङका प्रशासन प्रमुख रेश्मीराज अधिकारीले जानकारी दिए ।

‘एक वर्षअघि उक्त यन्त्र भित्र्याइएको हो’, उनले भने, ‘तर उक्त यन्त्र प्रभावकारी रुपमा प्रयोगमा आउन सकेन, अहिलेसम्म ७५ सवारीसाधनको मात्रै प्रदूषण मापन गरिएको छ ।’

सवारी धनीले प्रदूषण मापनको महत्व नबुझ्दा पनि यस्तो समस्या देखिएको उनको भनाइ थियो । ‘प्रायः गाडी काठमाडौँमै प्रदूषण मापन गरेर आउने गरेका छन्’, उनले भने, ‘यसले गर्दा पनि दाङमा प्रदूषण मापन गर्नेको सङ्ख्यामा कमी आएको हो ।’

यातायात व्यवस्था कार्यालय दाङले ट्राफिक प्रहरीसँग समन्वय गरी सवारीसाधनको यन्त्र ठीक भएमा हरियो स्टिकर लगाउने व्यवस्था गरेको छ । गाडीको धुवाँले वातावरणमा कति असर गरिरहेको छ, भन्ने पत्ता लगाउनका लागि कालो धुँवा मापन गर्ने गरिन्छ ।

पहिले यो सेवाका लागि काठमाडौँ नै जानुपथ्र्यो तर दाङमै यो सुविधा हुँदा पनि प्रभावकारी प्रयोग नदेखिएको उनको भनाइ थियो । गाडीको प्रदूषण मापन यातायात व्यवस्था विभागले अनिवार्य बनाएको छ । हरेक सवारीसाधनको ६/६ महिनामा प्रदूषण जाँच गराउनु पर्दछ । एक–पटक जाँचेको ३५ मात्रै राजश्व लाग्छ । मोटरसाइकलबाहेक सार्वजनिक, निजी सबै सवारीसाधनको अनिवार्य प्रदूषण मापन गरिन्छ ।

जाँचपश्चात् सवारीसाधनको इञ्जिन सही भए/नभएको प्राविधिकले परीक्षण गर्दछन् । सही भए हरियो स्टिकर टाँसी चलाउन अनुमति दिइन्छ भने कुनै समस्या भए बनाउन सुझाव दिइन्छ । उक्त यन्त्र यातायात व्यवस्था कार्यालय दाङमै राखिएको छ ।

अहिलेसम्म ट्राफिकलाई स्टिकर लगाएको/नलगाएको बारेमा जाँच्नका लागि कुनै निर्देशन नभएको ट्राफिक प्रहरी कार्यालय दाङका सूचना अधिकारी उत्तमकुमार जिसीले बताए । स्टिकर लगाएको, नलगाएको बारेमा अनुगमन गर्न कुनै निर्देशन नदिएको भन्दै अहिलेसम्म कुनै पनि सवारीलाई कारवाही नगरिएको उनको भनाइ छ ।

मोटरसाइकलबाहेक अन्य सवारीधनीले आफ्नो सवारीसाधनमा हरियो स्टिकर नलगाए कारवाही हुने भनिए पनि अधिकांश सवारीसाधनमा हरियो स्टिकर नलगाएको पाइएको समेत उनको भनाइ छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १० : ०० बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन