बोक्सी लागेको भन्दै यातना दिने पक्राउ « Khabarhub

बोक्सी लागेको भन्दै यातना दिने पक्राउ


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा बोक्सी लागेको भन्दै यातना दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कनकाई नगरपालिका–२ की एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिने सोही स्थानकी ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीले यातना दिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

‘पीडित महिलालाई ज्वरो आएको रहेछ’, इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले भने, ‘उनीहरु (कुमारी र दिनेश)ले बोक्सी लागेको छ भन्दै यातना दिएको पाइयो ।’ व्यक्तिगत रिसिइबीले पनि यातना दिइएको उनले बताए ।

दर्जीले गत १९ गते रातको पौने ११ बजे पीडित महिलालाई बोक्सी लागेको भन्दै पन्यू तताएर अनुहार र हातमा डामेका थिए ।

पीडित महिलाले प्रहरीमा जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रनाउ थापाले बताए । पीडकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ अनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १२ : ३२ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन