मेलम्ची क्षेत्रको निषेधाज्ञा जारी « Khabarhub

मेलम्ची क्षेत्रको निषेधाज्ञा जारी


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा जारी गरिएको निषेधाज्ञा जारी छ । पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बेलुकादेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।

राष्ट्रिय गौरवको आयोजना भएकाले मजदुरले आन्दोलनमा उत्रिएर काममा बाधा पुर्‍याएपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क) अनुसार निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले जानकारी दिइन ।

इटालियन ठेकेदार सिएमसीले ठेक्का तोडेर गएपछि सिएमसीको धरौटी रकम कट्टा ज्याला र सामानको भुक्तानी पाउनुपर्ने माग गर्दै स्थानीय ठेकेदार तथा मजदुर बुधबारदेखि धर्नामा बसेका थिए ।

सोही क्रममा आन्दोलनकारी र प्रहरीबीच बिहीबार झडप हुँदा प्रहरीले अश्रुग्याँस तथा रवरको गोली प्रहार गर्दा केही मजदुर घाइतेसमेत भएका थिए । सिएमसीले छाडेपछि सरकारले बाँकी काम पूरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १२ : ३६ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका