व्यापार मेला– औषधिजन्य जडिबुटी र अर्गानिक सामानमा आकर्षण « Khabarhub

व्यापार मेला– औषधिजन्य जडिबुटी र अर्गानिक सामानमा आकर्षण


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको भृकुटीमण्डमा जारी एसएमई व्यापार मेलामा अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ ।

साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा विहिबारदेखि सुरु भएको मेलामा विशेष गरि हस्तर्निमित सामान, अर्गानिक चिया, बेतबाट बनेका साजसज्जाका सामान, हिमाली क्षेत्रमा पाईने जडिबुटी, कटुस, अकबरे खुर्सानी, भिर माहुरीको मह, हरिया चियापत्ति, शुद्ध तोरी तथा आलसको तेल लगायत औषधीजन्य जडिबुटीमा उपभोक्ताको आकर्षण देखिएको हो । त्यसैगरी घरमै तयार पारिएका परिकारमा पनि उपभोक्ताहरुको आकर्षण देखिएको थियो ।

अर्गानिक उत्पादन , हिमाली क्षेत्रका जडिबुटी र शुद्ध तोरीको तेल, नौनी तथा महका स्टलहरुमा देखिएको उपभोक्ताको भीडले विषादीरहित खाद्यवस्तु उपभोगका लागि उपभोक्ता स्वयम पनि सचेत बन्दै गएको झल्को दिएको थियो ।

र्गानिक तथा जैविक पद्धतिबाट वस्तु उत्पादन गर्दै आएका व्यापारीको बुझाई पनि त्यही पाईन्थ्यो । हरियो चियापत्ति, नौनी लगायतको स्टल राखेका व्यापारी सन्देश राईले पछिल्लो समय उपभोक्ता आफ्नो स्वास्थ्य प्रति बढी नै संवेदनशील हुने गरेको आफुले पाएको बताए । पाँचथरका मनकुमार केरुङ्ग पनि हिमाली क्षेत्र तथा लेकमा पाईने जडिबुटीमा उपभोक्ताले बढी चासो देखाएको बताए । अर्की व्यवसायी रंगिता बस्नेत आलसको तेल, अचार र शुद्ध तोरीको तेल किन्नेहरु बढ्दै गएको बताइन् ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ५ : ५० बजे

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक

माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार राईलाई

काठमाडौं – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना

कांग्रेस र एमालेप्रति रविको आक्रोश : केटाकेटीको रगत पिएकाहरूले ठूलो कुरा नगरे हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो

पार्टी कार्यालयमा रवि, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय